हरितालिका तीज: न्याय, समानता र सामाजिक चेतनाको पर्व
अम्बिका लामिछाने - उत्पत्ति: तीज पर्व जनसंस्कृति र सामाजिक अभ्यासबाट जन्मिएको संस्कार हो। प्रारम्भमा यसले महिला–पुरुष समानता, नारीको सम्मान, परिवार र समाजमा न्याय स्थापना गर्ने उद्देश्य राख्थ्यो। यस पर्वको मूल चेतना थियो। समाजमा नारीमाथि हुने विभेद, अत्याचार, घरेलु हिंसा, सामाजिक अपहेलना र राजनीतिक असमानताको विरोध। परिवारभित्र नारीको अधिकार र सम्मानको सुनिश्चितता। महिलाबीचको सहयोग, आत्मनिर्भरता र संगठित चेतनाको विकास। त्यो समयदेखि नै तीज व्रत, उपवास, गीत–नाच, समुदायिक समारोहको माध्यमबाट सांस्कृतिक र सामाजिक संस्कारको रूपमा मनाइन्थ्यो। धर्मको जोड: समयसँगै केही समूहले यस पर्वलाई धर्मको आडमा जोड्न सुरु गरे। भगवान शिव–पार्वतीको कथा बनाइयो…