एशियन गेम्सका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा
काठमाण्डौ - जापानमा हुने एशियन गेम्सका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले हिजो दीपेन्द्रसिंह ऐरीको कप्तानीमा कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलिमा ऐरीसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन् । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीको टिम लिडरमा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी विनोद दास रहेका छन् । मुख्य प्रशिक्षकमा स्टुअर्ट ल, रहेका छन् । नेपालले…