आज मितिः २०८३ कार्तिक १६ गते

आज एनपीएलमा जनकपुर र पोखरा खेल्दै

काठमाण्डौ –

नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।

खेल आज बेलुकी ५ बजे शुरु हुनेछ । जनकपुरले दुई खेलमध्ये एकमा जीत र अर्कोमा हार बेहोरेको छ । त्यस्तै पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।

हिजो सुदूरपश्चिमलाई ३५ रनले पराजित गर्दै विराटनगरले पहिलो जीत निकालेको छ । वर्षाका कारण पाँच ओभरमा घटाइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा ३ विकेट गुमाएर ७० रन बनाउन सक्यो ।

वर्षाका कारण लुम्बिनी र चितवनको खेल हुन सकेन । दुवै टोलीले समान एक/एक अंक बाँडेका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.