आज मितिः २०८३ कार्तिक १५ गते

डीडीसीका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाण्डौ –

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डीडीसी०का तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जना पक्राउ परेका छन् ।

तत्कालीन महाप्रबन्धक झासहित जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख मनहरी शर्मा, चनौली चिस्यान केन्द्रका तत्कालीन प्रमुख रामकेवल राय, धुलो दूध कारखाना हेटौँडामा कार्यरत जीतेन्द्रकुमार यादव, नवलपुर चिस्यान केन्द्रका नवीनराय यादव, माडी चिस्यान केन्द्रका शिवनन्दन राय र माडी चिस्यान केन्द्रका प्रमुख वीखबहादुर भण्डारी पक्राउ परेका हुन् ।

प्रहरीको सीआइबीले डीडीसीलाई १२ करोड रुपैयाँभन्दा धेरै आर्थिक हानी नोक्सानी पुर्‍याइ गैरकानुनी लाभ लिएको आरोपमा उनीहरुलाई हिजो पक्राउ गरेको हो ।

ब्यूरोका सह प्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार पूर्वयोजना र आपसी मिलेमतोमा विभिन्न समूह खडा गरी सङ्गठित सञ्जालका रूपमा संस्थानलाई प्रत्यक्ष आर्थिक हानी पुर्‍याएको र १२ करोड १३ लाख ४३ हजार बराबरको गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.