आज मितिः २०८३ कार्तिक १४ गते

स्वास्थ्य – खेलकुद

आज एनपीएलमा जनकपुर र काठमाण्डौ तथा कर्णाली र विराटनगर खेल्दै

आज एनपीएलमा जनकपुर र काठमाण्डौ तथा कर्णाली र विराटनगर खेल्दै

काठमाण्डौ - नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा आज जनकपुर र काठमाण्डौ तथा कर्णाली र विराटनगर खेल्दै छन् । पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोटल्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।काठमाण्डौ गोर्खाजले भने आज यस सिजनको पहिलो खेल खेल्दैछ । कर्णालीले प्रतियोगितामा विजयी शुरुवात गरिसकेको छ । यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । एनपीएलमा हिजो सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।
Read More
आज एनपीएलमा पोखरा र सुदूरपश्चिम खेल्दै

आज एनपीएलमा पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ - नेपाल प्रिमियर लिग ९एनपीएल०मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । आज त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि हिजो भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले विजयी शुरुआत गरेका छन् । चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले अनि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्यो । एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् ।
Read More
एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्सको विजयी शुरुवात

एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्सको विजयी शुरुवात

काठमाण्डौ - साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग९एनपीएल०को तेस्रो संस्करणमा विजयी शुरुवात गरेको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका डार्सी सर्टले ४० र आशिफ शेखले ३२ रन बनाए । सुदूरपश्चिमका अनिल खरेलले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा अलआउट भएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । लुम्बिनीका किशोर महतोले ४ र…
Read More
एनपीएलको तेस्रो संस्करण आजदेखि शुरु

एनपीएलको तेस्रो संस्करण आजदेखि शुरु

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । आज बेलुकी ५ बजे शुरु हुने खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ । त्यस्तै विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाण्डौ गोर्खाज गरी आठ टोली सहभागी हुनेछन् । यस्तै पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले पनि १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो । क्यानका अनुसार यसपटक उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी०बाट मान्यता, विदेशी खेलाडीको सहभागिता,…
Read More
कतारमा आयोजना हुने एसीसीकपमा नेपालले पहिलो खेल भारत ‘ए’ सँग खेल्ने

कतारमा आयोजना हुने एसीसीकपमा नेपालले पहिलो खेल भारत ‘ए’ सँग खेल्ने

काठमाण्डौ - कतारमा आयोजना हुने एसीसी पुरुष एशिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भारत ‘ए’ सँग खेल्ने भएको छ । एशियन क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले मंसिर ४ गते भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्ने भएको हो । दोहाको वेस्ट इन्ड इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स ९यूएई० छन् । नेपालले समूह चरणको दोस्रो खेल मंसिर ६ गते यूएईसँग खेल्नेछ । मंसिर ३ देखि सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी…
Read More
बङ्गलादेशका शमीम हुसेनले लुम्बिनी लायन्सबाट खेल्ने

बङ्गलादेशका शमीम हुसेनले लुम्बिनी लायन्सबाट खेल्ने

काठमाण्डौ - नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । सोमबारदेखि शुरु हुन लागेको एनपीएलका लागि लुम्बिनीले हिजो हुसेनलाई अनुबन्ध गरेको हो । बायाँ हाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने उनी सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आईसीसी १९ वर्षमुनिको विश्वकप उपाधि जित्दा बङ्गलादेशको टोलीमा थिए । विश्वकप जितेपछि उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाउने अवसर पाए । उनले अहिलेसम्म विदेशी लिग भने खेलेका छैनन् ।
Read More
तेस्रो संस्करणको एनपीएल आउँदो सोमबारदेखि शुरु हुँदै

तेस्रो संस्करणको एनपीएल आउँदो सोमबारदेखि शुरु हुँदै

काठमाण्डौ - तेस्रो संस्करणको एनपीएल आउँदो सोमबारदेखि कीर्तिपुरमा शुरु हुँदैछ । साथै टिकट पनि खुला भएको छ । नेपाल क्रिकेट संघ क्यानले विहीबार टिकट दर तय गरेसँगै ई–सेवामार्फत टिकट किन्न सकिने भएको हो । क्यानले लिग चरणका खेलका लागि ५०० र एक हजार रुपैयाँ तय गरेको छ । साधारणतर्फ ५०० र प्रिमियमतर्फ एक हजार रुपैयाँ तोकेको छ । यस्तै इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ कायम गरिएको छ ।एनपीएल मंसिर ५ गतेसम्म चल्नेछ ।
Read More
रोनाल्डोलाई तोकियो २५५ युरो जरिवाना

रोनाल्डोलाई तोकियो २५५ युरो जरिवाना

काठमाण्डौ - फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले २५५ युरो अर्थात् झण्डै ४३ हजार ४२० रुपैयाँ जरिवाना गरेको छ । प्रशिक्षकसँगको विवादपछि गत महिना राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका ४१ वर्षीय रोनाल्डोमाथि महासंघको अनुशासन समितिले कारबाही गरेको हो । रोनाल्डोले प्रशिक्षक जोर्गे जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै यसलाई विश्वासको गम्भीर उल्लङ्घन भनेका थिए। तर, प्रशिक्षक जेसुसले भने रोनाल्डोसँग कुनै सम्झौता नभएको दाबी गरेका छन् । रोनाल्डोले यसअघि आफ्नो व्यवहारको जिम्मेवारी स्वीकार गर्दै सहकर्मी र समर्थकसँग माफी मागेका थिए ।प्रशिक्षण क्याम्प छाडेको प्रकरणमा उनलाई ३० दिन निलम्बन पनि गरिएको छ ।
Read More
विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालको जित

विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालको जित

काठमाण्डौ- बलिङमा पुनरागमन गर्दै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले हराउँदै लिग–२ मा छैटौं स्थान पक्का गरेको छ । अल अमिरातमा हिजो भएको खेलमा नेपालले ओमानलाई १० रनले हरायो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८९ तथा हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा निर्धारित ५० ओभरमा अलआउट हुँदै २८० रन बनाएको थियो । रोहितले ८०, दीपेन्द्रले…
Read More
रोनाल्डो एक महिनाको निलम्बनमा

रोनाल्डो एक महिनाको निलम्बनमा

काठमाडौं- पोर्चुगल फुटबल महासङ्घले कप्तान क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोलीको शिविर छाडेको घटनामा ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गर्ने निर्णय गरेको छ। ४१ वर्षीय रोनाल्डोले गत महिना डेनमार्कमा भएको अन्तर्राष्ट्रिय खेलअघि राष्ट्रिय टोलीको शिविर छाडेका थिए। नर्वेविरुद्धको खेलमा बेन्चमै बसेका उनलाई डेनमार्कविरुद्ध अक्टोबर १ मा हुने खेलमा पनि सुरुआती टोलीमा नराखिने जानकारी दिइएपछि उनले शिविर छाडेका थिए। रोनाल्डोले प्रशिक्षक जर्ज जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै विश्वासको गम्भीर उल्लङ्घन भएको बताएका थिए। उनले आफ्नो व्यवहारप्रति माफी माग्दै सजाय भोग्न तयार रहेको पनि बताएका थिए। पोर्चुगल फुटबल महासङ्घको अनुशासन समितिले रोनाल्डोको पश्चात्ताप, फुटबलमा उनको योगदान र खेलकुदमा हासिल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.