काठमाण्डौ –
नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा आज जनकपुर र काठमाण्डौ तथा कर्णाली र विराटनगर खेल्दै छन् ।
पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोटल्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।
काठमाण्डौ गोर्खाजले भने आज यस सिजनको पहिलो खेल खेल्दैछ । कर्णालीले प्रतियोगितामा विजयी शुरुवात गरिसकेको छ ।
यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । एनपीएलमा हिजो सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।