आज मितिः २०८३ कार्तिक १३ गते

विदेश

रेल ठोक्किँदा ३० जनाको ज्यान गयो

रेल ठोक्किँदा ३० जनाको ज्यान गयो

रोयटर्स- स्पेनको राजधानी मड्रिड र दक्षिणी अन्दालुसिया क्षेत्रलाई जोड्ने मुख्य रेलमार्गमा दुई वटा तीव्र गतिका रेल आपसमा ठोक्किदा ३० जनाको ज्यान गएको छ । टोलिडो क्षेत्रमा भएको दुर्घटनामा कम्तीमा ३० जनाको ज्यान गएको क्षेत्रीय सरकार कात्या–ला मान्चालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । रेल सञ्चालक कम्पनी ‘अदिफ’ का अनुसार दुर्घटनापछि मुख्य रेलमार्ग पूर्णरूपमा बन्द गरिएको छ । स्थानीय समयअनुसार बिहान ९ बजे भएको यो दुर्घटनाका कारण दुई वटा डिब्बा ट्र्याकबाट तल खसेका छन् । घटना लगत्तै हेलिकप्टर, प्रहरी र एम्बुलेन्ससहितका उद्धारकर्मीहरू घटनास्थलमा पुगेर उद्धार कार्य गरेका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जालमार्फत यस दुर्घटनाप्रति शोक व्यक्त…
Read More
इन्सुरेन्सको लोभमा आफ्नै सुन पसल चोरी गरेका चितवनका विनोद दुबईमा, पिडित महिलाहरुलाई जानेको गर भन्दै धम्कि

इन्सुरेन्सको लोभमा आफ्नै सुन पसल चोरी गरेका चितवनका विनोद दुबईमा, पिडित महिलाहरुलाई जानेको गर भन्दै धम्कि

चितवन- चितवनको कालिका नगरपालिका–६ बस्ने विनोद सुनारले इन्सुरेन्सको लोभमा आफ्नै सुन पसल चोरी गरेर फरार भए पनि उनि दुबईमा रहेका छन् ।सयौं जनाले धरौटीमा राखेको सुन ठगी गरेको र सयौं जनासंग लाखौं रुपैया लिएर फरार भएका उनि दुबईमा जिम हाउस जाँदै बडि देखाएका फोटोहरु टिकटकमा राख्दै रमाएका छन् । भित्रभित्रै धेरैलाई रकम फिर्ता दिदै आएता पनि सोझा महिलाहरुलाई भने छैन दिन्न जे सुकै गर भन्ने धम्कि दिएका छन् । उद्धार मिडियाको सम्पर्कमा आएका उनि एक महिना भित्र केहि रकम दिन्छु भने पनि आफूले नसक्ने बताए । उनले एक महिना कुर्न भन्दिनुस म गर्छु भनेका थिए तर उनले गरेनन् र महिलाहरुले…
Read More
ड्रोन आक्रमणमा एक नेपाली र एक फिलिपिनोको ज्यान गयो

ड्रोन आक्रमणमा एक नेपाली र एक फिलिपिनोको ज्यान गयो

काठमाण्डौ - साउदी अरबको तेल प्रशोधन केन्द्रमा, ड्रोनका अवशेष खस्दा एक नेपाली कामदारसहित दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक नेपाली नागरिक र अर्का फिलिपिनो रहेका छन् । यो घटनामा एक भारतीयसहित अन्य दुई जना घाइते भएका छन् । साउदीको ऊर्जा मन्त्रालयका अनुसार, ड्रोनले युएईको सीमा नजिकै शायबाह तेल क्षेत्रलाई लक्षित गरेको थियो । मन्त्रालयले ड्रोन कसले प्रहार गरेको हो भन्नेबारे खुलाएको छैन । ज्यान गुमाएका नेपालीको ठेगाना तथा अन्य विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन । यमनको इरान समर्थित हुथी विद्रोहीले साउदी अरबको विमानस्थल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण हुँदै आएको छ ।साउदी अरब नेपाली श्रमिकको…
Read More
भारतमा कक्रोचको आह्वानमा प्रदर्शन हुँदै

भारतमा कक्रोचको आह्वानमा प्रदर्शन हुँदै

भारतमा आज ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै बृहत् प्रदर्शन हुँदैछ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा ‘जन परिचालन’ कार्यक्रम आयोजना गर्दै जन्तरमन्तरसम्म मार्च पासको आह्वान गरेको हो । भारतको निर्वाचन आयोगले मतदाता सूचीको ‘विशेष गहन पुनरावलोकन’ प्रक्रिया अघि बढाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो । आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिएको बताएको छ । तर विपक्षी दल तथा आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी…
Read More
कात्तिक १९ गतेदेखि नेपालबाट मलेसियामा श्रमिक पठाउन सक्ने

कात्तिक १९ गतेदेखि नेपालबाट मलेसियामा श्रमिक पठाउन सक्ने

काठमाडौं- नेपालका २५ वटा प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी (पिआरए) र २५० वटा एसोसियट रिक्रुटमेन्ट एजेन्सी (एआरए) ले मात्रै नोभेम्बर ५ तारिख वा कात्तिक १९ गतेदेखि नेपालबाट मलेसियामा श्रमिक पठाउन सक्ने छन् । मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्ट एफडब्लुसिएमएस सूचीकृत वैदेशिक रोजगार व्यवसायी कम्पनीले मात्रै मलेसियामा श्रमिक पठाउन सक्ने गरी मेमो जारी भएको हो। बेस्टिनेटले असोज २० गते जारी गरेको मेमो अनुसार नयाँ व्यवस्था लागु हुनुअघि विद्यमान प्रणालीबाट हुँदै आएको श्रमिकको बायोमेडिकल दर्ता र यसअघि मेडिकल गरेर कलिङ भिसा आइसकेका भिडिआर प्रक्रियाका लागि विभिन्न कटअफ मिति तोकिएको छ । मलेसिया सरकारसँग आबद्ध वैदेशिक श्रमिकको प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएनविएचडीले नेपालका लागि विद्यमान…
Read More
भारत र फ्रान्समा आन्दोलन चर्कदै

भारत र फ्रान्समा आन्दोलन चर्कदै

काठमाण्डौ - मतदाता नामावली र निर्वाचन प्रक्रियालाई लिएर भारतमा आन्दोलन चर्कदै गएको छ। कक्रोच जनता पार्टीको नेतृत्वमा भएको प्रदर्शनका क्रममा दिल्लीमा प्रदर्शनकारी पक्राउ परेलगत्तै आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन् । उनिहरुले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले अक्टोबर १० मा दिल्लीको जन्तर–मन्तरमा फेरि ठूलो प्रदर्शन गर्ने घोषणा गर्नुभएको जनाएको हो। यस्तै फ्रान्समा पनि पछिल्ला दिनमा शिक्षा क्षेत्रको अवस्था सुधारको माग गर्दै सयौँ विद्यालय प्रभावित हुने गरी विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थी आन्दोलन देशव्यापी बनेको छ । विद्यार्थीहरूले कक्षाकोठामा अत्यधिक विद्यार्थी संख्या, शिक्षक…
Read More
चितवन समाज यूएईको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न

चितवन समाज यूएईको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न

यूएई- चितवन समाज यूएईको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, चितवन समाज यूएईका आजीवन सदस्य लगायतको उपस्थिती रहेको थियो। अधिवेशनले बिन्दु गिरीको अध्यक्षतामा निम्न पदाधिकारीहरु चयन गरेको छ। प्रथम उपाध्यक्षमा शंकर पाठक , बरिस्ठ उपाध्यक्ष कल्पना श्रेष्ठ , उपाध्यक्ष: गोमा कँडेल,उपाध्यक्ष भेषराज ढकाल,महासचिव ज्ञान ब. केसी, सचिव दिपा सापकोटा सुबेदी, सह–सचिव विष्णु सुबेदी, कोषाध्यक्ष कृष्ण खतिवडा, सह–कोषाध्यक्ष लक्ष्मी खड्का, र सदस्यहरूमा दया सापकोटा, अम्बिका पाण्डे, अर्जुन कँडेल, सुरेश तामाङ, अर्पण धरेल, बाबुराम छेत्री, नारायण पुरी, प्रकाश भण्डारी, पवित्रा गैरे चयन भएका छन ।
Read More
नेपाली दूतावासका प्रथम सचिवविरुद्ध उजुरी

नेपाली दूतावासका प्रथम सचिवविरुद्ध उजुरी

काठमाडौं - जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवविरुद्ध उजुरी परेको छ । एकैपटक ४२ दिनको हाजिरी गरेको आरोपमा उनलाई राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको हो । एकैचोटि हाजिर गर्नु सुशासन विरुद्धको कदम भएको उल्लेख गर्दै उजुरकर्ताले हाजिरीसम्बन्धी अनियमितता तथा आर्थिक अनुशासन उल्लंघनमा कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् । ‘सार्वजनिक पदमा कार्यरत व्यक्तिको हाजिरी तथा सरकारी अभिलेखको विश्वासनीयतामाथि प्रश्न उठेको तथा संवेदनशील विषयमा प्रमाण नष्ट वा प्रभावित हुन नदिन सम्बन्धित अभिलेखहरु तत्काल सुरक्षित राखी निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्न उजुरीमा उल्लेख छ । केन्द्रकी सूचना अधिकारी सरिताकुमारी खतिवडाले उनीविरुद्ध उजुरी परेको पुष्टि गरिन् । आवश्यक कारबाहीको प्रक्रिया…
Read More
वैरो संघद्वारा एफडब्लुसिएमएसबारे आइएलओको ध्यानाकर्षण

वैरो संघद्वारा एफडब्लुसिएमएसबारे आइएलओको ध्यानाकर्षण

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा नेपाली श्रमिकको भर्नाका लागि त्यहाँको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा नेपाली म्यानपावर कम्पनी छनोट प्रक्रियाबारे अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले ध्यानाकर्षण गराएको छ । संघले सोमबार नेपालका लागि आइएलओका कन्ट्री डाइरेक्टर नुमान ओज्कानसँगको छलफल फलदायी रहेको बताएको हो। संघले मलेसियाको एफडब्लुसिएमएसद्वारा प्रस्तावित प्रणाली, विशेषगरी इजाजतपत्र प्राप्त एजेन्सीहरूका लागि सीमित पहुँच, भेदभाव र असमान व्यवस्थाको प्रावधानबारे आफ्नो गम्भीर चिन्ता राखेको अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले बताए । संघले नेपालबाट जाने आप्रवासी कामदारहरूको अधिकार र हितको संरक्षण गर्दै नेपाल र मलेसियाबीचको बलियो श्रम सम्बन्ध कायम गरी भर्ना तथा छनोटमा निष्पक्षता, पारदर्शिता, समान अवसर र नैतिक अभ्यासहरू…
Read More
युक्रेनलाई रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

युक्रेनलाई रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गरेका छन् । रुसमा डिजेलको आपूर्तिमा केही कठिनाइ उत्पन्न हुने भएकोले राष्ट्रपति ट्रम्पले यस्ता आक्रमण रोक्न आग्रह गरेका हुन् ।। उनले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गरेको समाचार संस्था एपीले जनाएको छ । युक्रेनले पछिल्ला केही महिनादेखि रुसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ । इन्धनको आपूर्तिमा देखिएको दबाबलाई ध्यानमा राख्दै रुसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो । रुस विश्व बजारमा डिजेलको महत्त्वपूर्ण आपूर्तिकर्तामध्ये…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.