आज मितिः २०८३ भाद्र २९ गते

विदेश

कार्गो विमान दुर्घटनाहुँदा पाँच जनाको मृत्यु

कार्गो विमान दुर्घटनाहुँदा पाँच जनाको मृत्यु

काठमाडौं- अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बोइङ ७६७ कार्गो विमान धावनमार्गबाट बाहिरिएर केही सवारीसाधनमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन् । अमेजन एयरका लागि सञ्चालनमा रहेको विमान धावनमार्गबाट बाहिरिएपछि आगलागी भएको थियो। उद्धारका लागि ६० भन्दा बढी दमकल तथा २०० भन्दा बढी आपत्कालीन कर्मचारी परिचालन गरिएको थियो। विमान पोर्टो रिकोको सान हुआनबाट मियामी पुगेको थियो। दुर्घटनाको कारण खुलेको छैन। अमेरिकी उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान थालेका छन्।
Read More
दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(८ बस्ने महोत्तरी बलवा नगरपालिका(९ घर भएका ४० वर्षीय अंसगर नदाफलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । अंसगरले दुबई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख १२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(८ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
Read More
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने स्याङ्जा चापाकोट नगरपालिका-८ घर भएका ३६ वर्षीया बिमला घले, काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका-३ घर भएका ३६ वर्षीय प्रेम प्रसाद पोख्रेल, काठमाडौं महानगरपालिका-३ बस्ने नुवाकोट ककनी गाउँपालिका-८ घर भएका ३५ वर्षीय सागर गोतामे र ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ३० वर्षीया सिन्सा श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये बिमलाले माल्दिभ्स पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ६० हजार रूपैयाँ, प्रेम प्रसादले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार…
Read More
इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी

इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी

एजेन्सी- इरानको इस्लामिक रिभोलुसनरी गार्डले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ । आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कारबाहीस्वरूप जोर्डनका किङ हुसेन र अल अज्राक सैन्य अड्डालाई लक्षित गरिएको हो । आक्रमणबाट सैन्य पूर्वाधार तथा लडाकु विमान तैनाथ गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ । यसअघि अमेरिकी अधिकारीहरुले लाराक द्वीपमा इरानी रिभोलुसनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए । ती प्रक्षेपण केन्द्रबाट हर्मुज जलमार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकाको दाबी थियो । लाराक आक्रमणमा केही इरानी सैनिक तथा सर्वसाधारण मारिएको…
Read More
यूकेमा रहनु भएकी गायिका भूमिकाले गर्नुभयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

यूकेमा रहनु भएकी गायिका भूमिकाले गर्नुभयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौं- अविरल वर्षासँगै आएको बाढीपहिरो र प्राकृतिक विपद्का कारण जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गायिका भूमिका शाहले आर्थिक सहयोग गर्नु भएको छ। हाल यूकेमा रहनु भएकी गायिका भूमिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले थोरै रकम राखिएको जानकारी दिनु भयो । यस विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउन आफूले गर्दै आएको कार्यक्रम स्थगित गरेको र यूकेमा रहनु भएका समाजसेवि तथा व्यवसायीहरुलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ । सामाजिक क्षेत्रमा गीत गाउँदै आफूले पनि तीज गीत निकालेको तर देशको अवस्थाले प्रचार प्रसार नगर्ने र सहयोगको लागि खटिने वहाले बताउनु भयो।
Read More
बाढी प्रभावित जिल्लामा एनआरएनएको राहत तथा स्वास्थ्य शिविर सञ्चालन

बाढी प्रभावित जिल्लामा एनआरएनएको राहत तथा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं- रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघले सहयोगलाई तीव्रता दिएको छ। संघका टोली भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा खटिएको छ। संघले नुवाकोटमा दुई दिनमा करिब ५० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको जनाएको छ। राहत सामग्रीमा ५०० थान त्रिपाल, ५०० थान सौर्य बत्ती, ५०० परिवारका लागि खाद्यान्न, लत्ताकपडा, चप्पल, म्याट, कम्बल, खानेपानी र औषधिलगायत सामग्री रहेका छन्। संघले जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय तहसँग समन्वय गरी राहत वितरण गरिरहेको जनाएको छ। नुवाकोटको विदुर–५ स्थित आश्रयस्थल तथा पिपलटारको चन्द्रज्योति माध्यमिक…
Read More
गायिका डली पार्टनको ८० वर्षको उमेरमा निधन

गायिका डली पार्टनको ८० वर्षको उमेरमा निधन

काठमाण्डौं - अमेरिकाकी प्रसिद्ध गायिका तथा गीतकार डली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ । सामाजिक सञ्जालमार्फत उहाँको परिवारले निधनको जानकारी दिएको बीबीसीले जनाएको छ । सात दशक लामो संगीत यात्रामा पार्टनले १० ग्रामी अवार्ड जितेकी थिईन्। पार्टनको झण्डै सात दशक लामो सांगीतिक यात्रामा १० करोडभन्दा बढी रेकर्ड बिक्री भएका थिए । पार्टनले आफूलाई गायिकाभन्दा बढी गीतकारका रूपमा चिनाउँदै आएकी थिईन्। उनका गीतले देश संगीतसँगै ¥याप, रक, मेटल र आर एन्ड बी लगायतका विभिन्न विधामा प्रभाव पारेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डली पार्टनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
Read More
फ्रान्सले लगाउँदै छ विद्यालयमा मोबाइल फोन प्रतिबन्ध

फ्रान्सले लगाउँदै छ विद्यालयमा मोबाइल फोन प्रतिबन्ध

एएफपी- फ्रान्सले अबदेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ । फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि आउँदो महिनादेखि प्रतिबन्ध लागू गर्न लागेको हो । राष्ट्रपति इमानुएल म्याक्रोँकोले मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी बालबालिकालाई स्क्रिन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबाबको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । फ्रान्सको शैक्षिक सत्र आउँदो महिना सेप्टेम्बरमा सुरु हुने गर्दछ ।
Read More
मलेसियाको सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ कठोर

मलेसियाको सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ कठोर

काठमाण्डौं- मलेसिया श्रमिक पठाउने विषयमा भएको सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ कठोर भएर प्रस्तुत भएको छ । सङ्घले मलेसियामा श्रमिक पठाउनका लागि पछिल्लो पटक छनोट भएका २५ वटा वैदेशिक रोजगार कम्पनीविरुद्ध कठोर नीति लिएर छ वटामा तालाबन्दी गरेको हो । सङ्घले पत्रकार सम्मेलनमार्फत ‘रिक्रुटमेन्ट एजेन्सी’ मार्फत मलेसिया जाने नेपाली श्रमिकका लागि केही सीमित कम्पनी मात्रै सूचीकृत गरेर सिन्डिकेट गर्न खोजेको भन्दै यसको विरुद्धमा कठोर हुन बाध्य बनाएको जनाएको छ । सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले सिन्डिकेटमा नाम जोडिएका भनिएका २५ वटा कम्पनीसँग स्पष्टीकरण सोध्ने र आइतबार छ वटालाई कारबाही गरेर सुरुवात गरेको जानकारी दिए । सीमित कम्पनीलाई मात्रै रोजगारीको पहुँच…
Read More
खाडी देशले तेल कारोबारको बाटो बदल्दै, वैकल्पिक निर्यात मार्ग निर्माणमा अर्बौँ डलर खर्च

खाडी देशले तेल कारोबारको बाटो बदल्दै, वैकल्पिक निर्यात मार्ग निर्माणमा अर्बौँ डलर खर्च

काठमाडौं- खाडी देशहरूले विश्व बजारमा तेल पुर्‍याउने पुरानो बाटो इरानसँगको युद्धपछि परिवर्तन गर्न थालेका छन्। यसअघि कम लागतमा तेल उत्पादन गरेर होर्मुज जलडमरूमार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पठाउने गरेका खाडी देशहरू अहिले उक्त मार्गमाथिको निर्भरता घटाउन नयाँ पाइपलाइन, तेल भण्डारण र वैकल्पिक निर्यात मार्ग निर्माणमा अर्बौँ डलर खर्च गरिरहेका छन्। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि होर्मुज जलडमरूमार्ग हुँदै हुने तेल ढुवानी निरन्तर प्रभावित भएको छ। समुद्री बारुदी सुरुङ, क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको जोखिम, अमेरिका र इरानबीचको नाकाबन्दी तथा बढ्दो बिमा लागतका कारण यस मार्गबाट दैनिक पार हुने कच्चा तेलको मात्रा २ करोड ब्यारेलबाट घटेर ३७ लाख ब्यारेलमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.