आज मितिः २०८३ कार्तिक १३ गते

समाचार

रेल ठोक्किँदा ३० जनाको ज्यान गयो

रेल ठोक्किँदा ३० जनाको ज्यान गयो

रोयटर्स- स्पेनको राजधानी मड्रिड र दक्षिणी अन्दालुसिया क्षेत्रलाई जोड्ने मुख्य रेलमार्गमा दुई वटा तीव्र गतिका रेल आपसमा ठोक्किदा ३० जनाको ज्यान गएको छ । टोलिडो क्षेत्रमा भएको दुर्घटनामा कम्तीमा ३० जनाको ज्यान गएको क्षेत्रीय सरकार कात्या–ला मान्चालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । रेल सञ्चालक कम्पनी ‘अदिफ’ का अनुसार दुर्घटनापछि मुख्य रेलमार्ग पूर्णरूपमा बन्द गरिएको छ । स्थानीय समयअनुसार बिहान ९ बजे भएको यो दुर्घटनाका कारण दुई वटा डिब्बा ट्र्याकबाट तल खसेका छन् । घटना लगत्तै हेलिकप्टर, प्रहरी र एम्बुलेन्ससहितका उद्धारकर्मीहरू घटनास्थलमा पुगेर उद्धार कार्य गरेका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जालमार्फत यस दुर्घटनाप्रति शोक व्यक्त…
Read More
आज एनपीएलमा जनकपुर र काठमाण्डौ तथा कर्णाली र विराटनगर खेल्दै

आज एनपीएलमा जनकपुर र काठमाण्डौ तथा कर्णाली र विराटनगर खेल्दै

काठमाण्डौ - नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा आज जनकपुर र काठमाण्डौ तथा कर्णाली र विराटनगर खेल्दै छन् । पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोटल्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।काठमाण्डौ गोर्खाजले भने आज यस सिजनको पहिलो खेल खेल्दैछ । कर्णालीले प्रतियोगितामा विजयी शुरुवात गरिसकेको छ । यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । एनपीएलमा हिजो सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।
Read More
आजदेखि चक्रवात ‘अर्नब’ को प्रभावले वर्षा र हिमपात

आजदेखि चक्रवात ‘अर्नब’ को प्रभावले वर्षा र हिमपात

काठमाण्डौ - बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘‘अर्नब’ को प्रभावले आजदेखि वर्षा र हिमपात हुनेछ । हिजोदेखि बदली शुरु भएको मौसम पूर्वानुमान् महाशाखाका अनुसार आजदेखि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातकोहुने जनाएको छ । आज दिउँसो मध्यमसम्मको वर्षा हुने र भरे बेलुकीदेखि शनिवारसम्म केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै आज बेलुकीदेखि देशका विभिन्न ठाउँमा वर्षा शुरु भएर भोलि थप तीव्रताका साथ पानी पर्ने विभागले जनाएको छ । कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ । त्यस्तै…
Read More
इन्सुरेन्सको लोभमा आफ्नै सुन पसल चोरी गरेका चितवनका विनोद दुबईमा, पिडित महिलाहरुलाई जानेको गर भन्दै धम्कि

इन्सुरेन्सको लोभमा आफ्नै सुन पसल चोरी गरेका चितवनका विनोद दुबईमा, पिडित महिलाहरुलाई जानेको गर भन्दै धम्कि

चितवन- चितवनको कालिका नगरपालिका–६ बस्ने विनोद सुनारले इन्सुरेन्सको लोभमा आफ्नै सुन पसल चोरी गरेर फरार भए पनि उनि दुबईमा रहेका छन् ।सयौं जनाले धरौटीमा राखेको सुन ठगी गरेको र सयौं जनासंग लाखौं रुपैया लिएर फरार भएका उनि दुबईमा जिम हाउस जाँदै बडि देखाएका फोटोहरु टिकटकमा राख्दै रमाएका छन् । भित्रभित्रै धेरैलाई रकम फिर्ता दिदै आएता पनि सोझा महिलाहरुलाई भने छैन दिन्न जे सुकै गर भन्ने धम्कि दिएका छन् । उद्धार मिडियाको सम्पर्कमा आएका उनि एक महिना भित्र केहि रकम दिन्छु भने पनि आफूले नसक्ने बताए । उनले एक महिना कुर्न भन्दिनुस म गर्छु भनेका थिए तर उनले गरेनन् र महिलाहरुले…
Read More
पक्राउ पुर्जी जारी भएका व्यक्ति सम्पर्कमा आउन वैदेशिक रोजगार विभागको आग्रह

पक्राउ पुर्जी जारी भएका व्यक्ति सम्पर्कमा आउन वैदेशिक रोजगार विभागको आग्रह

काठमाण्डौ - वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागले सूचना निकाल्दै वैदेशिक रोजगार न्यायाधिकरणको अनुमति लिएर विभिन्न मितिमा पक्राउ पुर्जी जारी गरिएका तर अहिलेसम्म सम्पर्कमा नआएका व्यक्तिलाई विभाग वा प्रहरीको सम्पर्कमा आउन भनेको हो । विभागका अनुसार तोकिएको अवधिभित्र उपस्थित नभए वैदेशिक रोजगार ऐन २०६४ लगायत प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ । त्यस्ता व्यक्तिको बैंक खाताको कारोबार रोक्का गर्ने, यात्रा अनुमति रोक्का राख्नेलगायत कानूनी कारबाही अघि बढाइने विभागले जनाएको छ ।
Read More
शुक्रवार र शनिवार अत्यधिक वर्षा र हिमपातको सम्भावना

शुक्रवार र शनिवार अत्यधिक वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ को प्रभावले नेपालमा शुक्रवार र शनिवार अत्यधिक वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर शुक्रवार र शनिवार देशका विभिन्न भू–भागमा अत्यधिक वर्षा र व्यापक हिमपातको सम्भावना रहेको जनाएको छ । ‘अर्नब’ नाम दिइएको यो चक्रवात थप शक्तिशाली बन्दै पर्सि बुधवार भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानम नजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान छ ।महाशाखाका अनुसार यसै चक्रवातको प्रभाव र अन्य साना वर्षा प्रणालीहरूको संयुक्त असरले बुधवार रातिदेखि नै नेपालमा मौसम बदली भई सामान्यदेखि मध्यम वर्षा शुरू हुनेछ । बिहीवारदेखि शनिवारसम्म…
Read More
जलविद्युत् बाँध परियोजनाविरुद्धको प्रदर्शन उग्र

जलविद्युत् बाँध परियोजनाविरुद्धको प्रदर्शन उग्र

काठमाण्डौं- भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाविरुद्ध प्रदर्शनले उग्र रुप लिएको छ । सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्न लागेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’ विरुद्ध स्थानीयवासीले आन्दोलन गरेका हुन् । प्रदर्शनकारीहरूले प्रहरी चौकी, एनएचपीसीको कार्यालय र जनप्रतिनिधिका घरहरूमा तोडफोड र आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । आयोजना निर्माण भए आफ्नो घर र जमिन गुम्ने स्थानीयवासीको चिन्ता छ । चीनले सीमा नजिकै निर्माण गर्न लागेको १६७ अर्ब अमेरिकी डलरको विशाल आयोजनाका कारण ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव प्रभावित हुन सक्ने भन्दै भारतले जवाफमा यो बाँध…
Read More
एनपीएलको तेस्रो संस्करण आजदेखि शुरु

एनपीएलको तेस्रो संस्करण आजदेखि शुरु

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । आज बेलुकी ५ बजे शुरु हुने खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ । त्यस्तै विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाण्डौ गोर्खाज गरी आठ टोली सहभागी हुनेछन् । यस्तै पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले पनि १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो । क्यानका अनुसार यसपटक उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी०बाट मान्यता, विदेशी खेलाडीको सहभागिता,…
Read More
आज दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

आज दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौ- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशको तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । सोमबार देशको हिमाली र…
Read More
एकैदिन ३३६ सवारीचालक कारबाहीमा

एकैदिन ३३६ सवारीचालक कारबाहीमा

काठमाण्डौ- काठमाण्डौ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ गाडीका चालक कारबाहीमा परेका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ चालक कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेमध्ये मदीरापान गरी सवारी साधन चलाउने १०२ जना रहेका कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । यस्तै सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा गाडी चलाउने २०, तीव्र गतिमा गाडी चलाउने ५७, हर्न बजाएर गाडी चलाउने आठ जना कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उलङ्घन गरी गाडी चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.