चितवन-
चितवनको कालिका नगरपालिका–६ बस्ने विनोद सुनारले इन्सुरेन्सको लोभमा आफ्नै सुन पसल चोरी गरेर फरार भए पनि उनि दुबईमा रहेका छन् ।
सयौं जनाले धरौटीमा राखेको सुन ठगी गरेको र सयौं जनासंग लाखौं रुपैया लिएर फरार भएका उनि दुबईमा जिम हाउस जाँदै बडि देखाएका फोटोहरु टिकटकमा राख्दै रमाएका छन् ।
भित्रभित्रै धेरैलाई रकम फिर्ता दिदै आएता पनि सोझा महिलाहरुलाई भने छैन दिन्न जे सुकै गर भन्ने धम्कि दिएका छन् । उद्धार मिडियाको सम्पर्कमा आएका उनि एक महिना भित्र केहि रकम दिन्छु भने पनि आफूले नसक्ने बताए ।
उनले एक महिना कुर्न भन्दिनुस म गर्छु भनेका थिए तर उनले गरेनन् र महिलाहरुले पक्राउ पूर्जी सहित जिल्ला प्रहरी कार्यालय भरतपुर हुदैँ काठमाण्डौं जाने र ईण्टरपोल लगाएर भने पनि नेपाल झीकाउने तयारीमा रहेका छन् । त्यस्तै उनिहरुले यूएई स्थीत नेपाली राजदूतावास, गैर आवासीय नेपाली संघ र नेपाली समाजहरुलाई निवेदन गर्ने जनाएका छन् ।
धेरैजसो महिला दिदीबहिनीहरूलाई थर्काउने र यदि यो कुरा सामाजिक सञ्जालमा आयो भने कसैलाई पैसा दिइँदैन। मिडियामा हालेर पनि केही हुनेवाला छैन र यदि यस्तो गरेभनि जे पनि गर्छु भनेर धम्काउने गरेको एक महिलाले उद्धार न्यूजलाई जानकारी दिईन् । ठगि गर्ने विनोद सुनारको चितवन जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न जिल्लामा करोडौंको ठगि मुद्दा दर्ता भई पक्राउ पुुर्जी जारी भएको छ।
उनले धेरैजसो महिला दिदीबहिनीहरूलाई फकाई फुलाई ब्याजको लोभमा पैसा लिने र सुन लिने गरेको उनिहरुले बताए । उनको आफ्नो पसल चोरि मुद्दा चितवन जिल्ला अदालतमा चलिरहेको छ।