आज मितिः २०८३ कार्तिक १४ गते

मनोरञ्जन

गायिका रीता थापा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

गायिका रीता थापा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ- लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनले २ हजार ३०८ मत ल्याउँदै खुला महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । कांग्रेसको केन्द्रीय सदस्यमा विजय भएपछि सामाजिक सञ्जालमा खुसी सेयर गर्दै साथ र सहयोग गर्नेहरूप्रति उनले आभार व्यक्त गरेकी छन् ।
Read More
लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

काठमाण्डौं- लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बिहीबारदेखि सुरु हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत विश्वका २६ वटा वृत्तचित्रका प्रदर्शनी गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्वसमा अन्तर्राष्ट्रियस्तरका फिचर तथा लघुचलचित्र प्रदर्शन गरिने कथा मण्डलाका कार्यकारी निर्देशक पाण्डव केसीले बताउनुभयो । लुम्बिनी प्रदेशभित्रको भाषा, कला, संस्कृतिलगायत प्राकृतिक तथा सांस्कृतिक सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सिनेमाको माध्यमबाट सहयोग पुग्ने उहाँले बताउनुभयो । तानसेन नगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्धनमा तानसेनस्थित सन्तोष चलचित्र मन्दिरमा कार्यक्रम हुने छ । महोत्सवले मौलिक संस्कृति, ऐतिहासिक सम्पदा, स्थानीय खानपान, वेशभूषा र पर्यटकीय स्थलहरूमा आगामी दिनमा चलचित्र छायाङ्कनको वातावरण निर्माण गर्ने…
Read More
पुरुषोत्तम–प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक

पुरुषोत्तम–प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक

चितवन । पुरुषोत्तम दुवाडी र प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक भएको छ। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीतमा परदेशिएकी चेलीले गर्ने माइतीको सम्झना, चेलीका भावना र तीजको सांस्कृतिक पक्षलाई समेटिएको छ। गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ भने पुरुषोत्तम दुवाडीको शब्द र पुरुषोत्तम दुवाडी तथा जेबी ओलीको संगीत रहेको छ। थेगो उपेन्द्र दुवाडीको रहेको गीतलाई यम थापाले एरेन्ज गरेका छन्। गीतको रेकर्डिङ सुमन राना मगरले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ पनि कुमार राना मगरले गरेका छन्। गीतको रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो। ‘माईतीको सम्झना’को भिडियोमा रेजी बस्नेत, कमल अर्याल, तारा अर्याल…
Read More
चितवन सेवा समाजद्धारा चितवनको माडीमा तेस्रो भव्य तीज गीत प्रातोगिता हुँदै

चितवन सेवा समाजद्धारा चितवनको माडीमा तेस्रो भव्य तीज गीत प्रातोगिता हुँदै

चितवन- चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले यो बर्ष पनि तीज गीत प्रातोगिता गर्दैछ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर चितवनकै माडीमा तीज गीत प्रतियोगिता गर्न लागेको हो । विगत १३ वर्ष देखी सुरक्षित आप्रवास तथा सामाजिक एवं मानवीय परोपकारी कार्यमा सक्रिय रहदै आएको यस चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको यो तेस्रो तीज गीत प्रातोगिता हो । समितिले आऊदो भदौ २० गते शनिवारका दिन जिल्लाको माडीको बसन्तपुर स्थित होटल प्याराडाइजको सभा हलमा “तेश्रो बृहत खुल्ला तीज गीत प्रतियोगिता २०८३”आयोजन गरिएको कार्यक्रमकी संयोजक लीला पौडेलले जानकारी दिनु भयो । प्रतियोगितात्मक कार्यक्रममा आयोजकले पुरस्कारको प्रतियोगितामा प्रथम…
Read More
जशु अधिकारीको “किन रिसाको” सार्वजनिक

जशु अधिकारीको “किन रिसाको” सार्वजनिक

४ बैशाख, रत्ननगर । रामु आचार्य । सुमधुर स्वरकी धनी गायिका जशु अधिकारीको नयाँ सांगीतिक कोशेली "ऐना सिसाको, माया गर्छु भनेकै छु किन रिसाको" सार्वजनिक गरिएको छ। गीत आज “जशु अधिकारी अफिसियल” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। उक्त गीतमा जशु अधिकारीसँगै राम प्रसाद पौडेल र वीर विश्वकर्माको स्वर रहेको छ। धादिङमा जन्मिएकी र हाल मकवानपुरको हेटौडामा बसोबास गर्दै आएकी अधिकारी लामो समयदेखि लोक संगीतको श्रीवृद्धिमा सक्रिय रहँदै आउनुभएको छ। सानै उमेरदेखि संगीतमा समर्पित रहनुभएकी उहाँले आफ्नै आमाको प्रेरणाबाट लोक तथा दोहोरी क्षेत्रमा प्रवेश गर्नुभएको हो। उहाँ संगीतमा “बिक्नु भन्दा टिक्नु ठूलो” भन्ने मान्यता राख्नुहुन्छ। यसअघि “फूलको बोटैमा”, “माया एकनासैको”, “क्यानम”…
Read More
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

भरतपुर- चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा गोविन्द अर्याल पुनः चयन भएका छन् । संघको बुधबार सम्पन्न अधिवेशनबाट अर्यालको नेतृत्वमा १३ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।   संघको उपाध्यक्षमा बन्दना देवकोटा, सचिवमा सुशिल पन्त, सहसचिवमा आयुष न्यौपाने र कोषाध्यक्षमा युवराज क्षेत्री चयन भए ।   त्यस्तै, सदस्यहरुमा कुल प्रसाद काफ्ले, प्रेम प्रसाद सापकोटा, बबिलाल तामाङ, सन्तोष बस्ताकोटी, आरजु देवकोटा, आशिष अधिकारी, गीता शर्मा र अस्मिता पराजुली चयन भएका हुन् ।   त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा रामेश्वर रिजाल र प्रेम प्रसाद सापकोटा चयन भएको अध्यक्ष अर्यालले जानकारी दिए ।   अधिवेशन अघि भएको साधारण सभामा बोल्दै चलचित्र…
Read More
चितवने संगीतकार तथा गायक मानन्धरको “जिउने बाचा” सार्वजनिक

चितवने संगीतकार तथा गायक मानन्धरको “जिउने बाचा” सार्वजनिक

रत्ननगर - पूर्वी चितवनको रत्ननगरमा विगत ३ दशक देखि संगीत प्रशिक्षकको रुपमा स्थापित गायक तथा सर्जक उदय मानन्धरको नया सांगीतिक कोसेली “जिउने बाचा” गीत आज सार्वजनिक भएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतमा संगीत तथा स्वर उदय मानन्धरको रहेको छ । गीतमा चितवनकै सर्जक रामु आचार्यको शब्द रहेको छ ।   सार्वजनिक गीतको भिडियोमा अजय श्रेष्ठ, सरिता बराल तथा टिकाराम शर्मा लामिछानेको अभिनय रहेको छ, कृष्ण प्रसाद देवकोटाको छायांकन रहेको गीतमा ड्रोन अपरेटर पुजन लामिछाने रहेका छन् । गीतमा रामु आचार्यको कथा, सम्पादन तथा निर्देशन रहेको छ ।   प्रेमी प्रेमिका बिचको माया…
Read More
उदय मानन्धरको “उदाश” सार्वजनिक

उदय मानन्धरको “उदाश” सार्वजनिक

२६ मंसिर, रत्ननगर । चितवनमा रहेर विगत ३ दशक देखि सांगीतिक क्षेत्रमा योगदान प्रदान गरिरहेका गायक तथा संगीतकार उदय मानन्धरको नया सांगीतिक कोशेली "उदाश" सार्वजनिक गरिएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युव च्यानलमा सार्वजनिक गरिएको उक्त भिडियोमा रामु आचार्य, प्रिया अधिकारी, टिकाराम शर्मा लामिछाने, रबि रोशी, कृष्ण प्रसाद देवकोटाको अभिनय देख्न सकिन्छ भने अतिथि कलाकारको रुपमा पुजन लामिछाने, दिपक कार्की तथा श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका पुजारी श्रीकान्त बरालले अभिनय गरेका छन् । अभिभावक अभिभावक बिचको द्वन्दका कारण माया गर्ने जोडीले पाएको पिडा तथा दु:खलाई मार्मिक ढंगबाट गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतलाई रामु आचार्य र सुन्दरलाल श्रेष्ठले संयुक्त…
Read More
रुन्चे गायक प्रकाश पौडेलकोु,’बुढा बुढी’को म्युजिक भिडियो  शुक्रबार सार्वजनिक हुँदै

रुन्चे गायक प्रकाश पौडेलकोु,’बुढा बुढी’को म्युजिक भिडियो  शुक्रबार सार्वजनिक हुँदै

दुबई- चर्चित गीत ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ बोलको गीतका सर्जक तथा गायक प्रकाश पौडेलको नयाँ भिडियो आगामी शुक्रबार सार्वजनिक हुँदैछ। पौडेलको रमाइलो जनराको गीत ‘बुढा बुढी’को म्युजिक भिडियो आउँदो शुक्रबार सार्वजनिक हुने भएको हो । उनको पहिलो एल्बम थ्रि मच देखि अहिलेसम्म ६ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ गीतका अतिरिक्त ‘कसैलाई नभन्नु ल, कानेखुसी, डक्टर साब भिटामिन लेख्दिनु, घाँस काट्ने खुर्केर, हास्ने गीत हाहाहा, सलाम वालेकुम, भुडेंभुडी, भोली छुट्टी’ लगायतका चर्चित एवं लोकप्रिय गीत गाएका छन्। यी गीतहरू नेपाल, खाडी र मलेसियामा बढी चलेको पाइन्छ । पछिल्लो समय चर्चित ज्योतिषीको समेत परिचय बनाएका…
Read More
रञ्जु काफ्लेको स्वरमा मौलिक तिहार गीत “भैलिराम” सार्वजनिक

रञ्जु काफ्लेको स्वरमा मौलिक तिहार गीत “भैलिराम” सार्वजनिक

२ कार्तिक, रत्ननगर । कृष्ण प्रसाद देवकोटा । अहिले तिहारको रौनकले गाउँ शहर झिलिमिली भएको छ । यहि पर्वलाई लक्षित गर्दै चितवनकी गायिका  रञ्जु  काफ्लेको  स्वरमा  मौलिक  तिहार गीत  "भैलिराम" सार्वजनिक गरिएको छ । गीतमा तिहार अन्तर्गत ५ दिन सम्म मनाईने काग तिहार, कुकुर तिहार, लक्ष्मीपुजा, गाई तिहार, गोबर्द्धन पुजा तथा भाईटिकाको महत्वलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ । ऋषि तिवारीको मनमोहक शव्दलाई चितवनमा रहेर विगत २ दशकदेखि सांगीतिक क्षेत्रमा योगदान गरिरहेका किशोर तिवारीले संगीत भरेका छन् भने संगीत संयोजन समेत किशोरको नै रहेको छ । ए टु स्टुडियो चितवनमा रेकर्ड गरिएको गीतको भिडियोले विशेष महिलावर्गले गाईने भैलो संस्कृतिलाई संरक्षण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.