आज मितिः २०८३ आश्विन १ गते

साहित्य र सूचना

पुरुषोत्तम–प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक

पुरुषोत्तम–प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक

चितवन । पुरुषोत्तम दुवाडी र प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक भएको छ। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीतमा परदेशिएकी चेलीले गर्ने माइतीको सम्झना, चेलीका भावना र तीजको सांस्कृतिक पक्षलाई समेटिएको छ। गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ भने पुरुषोत्तम दुवाडीको शब्द र पुरुषोत्तम दुवाडी तथा जेबी ओलीको संगीत रहेको छ। थेगो उपेन्द्र दुवाडीको रहेको गीतलाई यम थापाले एरेन्ज गरेका छन्। गीतको रेकर्डिङ सुमन राना मगरले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ पनि कुमार राना मगरले गरेका छन्। गीतको रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो। ‘माईतीको सम्झना’को भिडियोमा रेजी बस्नेत, कमल अर्याल, तारा अर्याल…
Read More
गायक तथा सर्जक नेत्र जी पन्तको मौलिक लोक भजन “रक्षा गर पशुपति” सार्वजनिक

गायक तथा सर्जक नेत्र जी पन्तको मौलिक लोक भजन “रक्षा गर पशुपति” सार्वजनिक

चितवन - लोकप्रिय सर्जक तथा गायक नेत्र जी पन्तको मौलिक लोक भजन 'रक्षा गर पशुपति' सार्वजनिक भएको छ। धर्म, संस्कृति र मौलिक लोकभजनको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यलाई केन्द्रमा राखेर तयार गरिएको भजनले नेपाली मौलिकता, धार्मिक आस्था र सांस्कृतिक भावनालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । पशुपतिनाथप्रतिको श्रद्धा, आस्था र विश्वासलाई मूल भाव बनाइएको रक्षा गर पशुपतिमा नेपाली लोकभजनको मौलिक स्वादसँगै समसामयिक प्रस्तुति समेटिएको छ । भजनमार्फत नेपाली समाजको धार्मिक तथा सांस्कृतिक परम्परालाई नयाँ पुस्तासम्म पुयाउने प्रयास गरिएको सर्जक नेत्र जी पन्तले बताएका छन् ।भजनमा नेत्र जी पन्त र सुमित्रा कोइरालाको स्वर रहेको छ भने लय तथा शब्द नेत्र जी…
Read More
पत्रकार विनोदबाबु रिजालको ‘नैबेद’ सार्वजनिक

पत्रकार विनोदबाबु रिजालको ‘नैबेद’ सार्वजनिक

चितवन - पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । यसअघि लकडाउन डायरी `एकान्तबास’ प्रकाशित गरिसकेका रिजालको नयाँ कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको लोकार्पण अक्षर समूह चितवनले आइतबार चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्पन्न भयो ।   लेखक रिजालका बुवाआमा तथा छोराछोरीसँगै कवि भूपिन, एक्सपर्ट चितवनका मेनेजर नरहरि पौडेल ‘किरण’ र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।   विमोचनपछि कवि भूपिनले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै ‘नैबेद’ समकालीन नेपाली समाजका विविध संकट र यथार्थलाई केन्द्रमा राखिएको सशक्त कथासङ्ग्रह भएको बताए । उनका अनुसार यस सङ्ग्रहका कथाले…
Read More
कविता – आशा अझै मरेको छैन !

कविता – आशा अझै मरेको छैन !

कालो बादलले आकाश ढाके पनि, बिहानीमा घाम हराएको छैन । हजारौँ बाधा बाटामा आए पनि, मेरो मनको आशा मरेको छैन ।।   काँडाले पाइला रोके पनि, सपना अघि बढ्न छाडेको छैन। परिश्रमको पसिना बगिरहेसम्म, सफलताको ढोका बन्द हुने छैन।।   हारले केही सिकाउँछ, दु:खले अझ बलियो बनाँउछ । विश्वास र साहस साथमा रहेसम्म, जीवनको उज्यालो निभ्ने छैन ।।   आँखाभरि सजाएका सपना, मनभरि अटल विश्वास बोकी संघर्षलाई साथी बनाएर हिँड्दा, मेरो आशा अझै पनि मरेको छैन ।।   -सोनिया कठायत उर्लाबारी -१
Read More
गजल

गजल

गजल-   दुखेपनि हाँसिरहेको, अभिनय देखाउनुपर्ने, मनमा कति चोटहरु,छन् मल्हम लगाउनुपर्ने,   न बिर्सेर बाँच्न सकियो न एकअर्काको हुन यो कस्तो प्रेम गरियो,भित्रभित्रै लुकाउनुपर्ने,   कल्पामा तिम्रै छातीको सिरानी हालिरहन्छु बाध्यता छ बोलिसम्म ,नसुनि निदाउनुपर्ने,   नजर जुधाए मात्रै चरित्र केलाउछ दुनियाँ, हेरन! कसरी प्रेम र, अस्तित्व बचाउनुपर्ने   ए जिन्दगी मलाई पनि बुझ्ने कोसिस गर न है, मसँग केहि बाँकी छैन तँलाई बुझाउनुपर्ने ।। सृष्टि सावित्रा✍️
Read More
गजल

गजल

गजल - स्वदेशमा पाईन्न  रोजगार ,बिदेश तिर जाऊँला आमा जति छन साहुका ऋण,सबै मैले कमाएर तिरौँला आमा ।।   बाबाले हामीलाई सा_सानै  छोडेर  स्वर्गीय भए पनि नगर चिन्ता घर ब्यवहार  रित पुर्याएर  धानौंला आमा ।।   भाई बैनीलाई पढाएँ भने  बन्लान डक्टर ईन्जिनिएर दु:खकष्ट बिर्साएर तीमीलाई सुखले पालौँला आमा ।।   चुहिने भाछ घरको छानो  नछाई भाछैन जस्ता किनेर तिम्रो आङ्गमा फाटेको चोली पनि नयाँ फेरौँला आमा ।।   छिमेकी शहर पसेँ गाउँ त्यागी , धुलो र धुँवा खानलाई हामी आफ्नै गाउँँपुर्ख्यौलीमा बसि प्रगती गरौंला आमा  ।।   - सुचिता काफ्ले काठमाडौं
Read More
प्रित नै प्रित- गोबिन्द राज ओझा “राजन”

प्रित नै प्रित- गोबिन्द राज ओझा “राजन”

गीत प्रित नै प्रित, मायाको भेट, तिमिलाई भेट्न मन सजाउँछ। मुसुक्क हाँस्दा तिमी एकपल्ट, मेरो मन सपनामा हराउँछ। सपनाको संसारमा म त भुलेँ, होस हरायो, मनै मन डुलाउँछ। तिमी हाँसेपछि हिमाल पनि, मुस्कानले आकाश छुन खोज्छ। माया नै माया, प्रित नै प्रित, आँखामा सपना साँचेर राखेको। जुन जस्ती, फूल जस्ती तिमी, मनको बगैंचामा फुलेर बसेको। गाउँ–बेसीमा बतास सुसेल्दै, तिम्रो यादले मन बोलाउँछ। छिटो आऊ, एकचोटि भेटौं, माया के हो, मनले बुझाउँछ। -गोबिन्द राज ओझा “राजन”
Read More
कविता – प्रिय फूल 

कविता – प्रिय फूल 

कविता - प्रिय फूल    तिमी वृक्षको फूल म तिम्रो फेदमा फुलेको झारको फूल फूल त फूल नै हौं। रूप , रङ्ग,बास्ना फरक भए पनि हाम्रो जरा माटो बाटै सुरु भएको हो ।     जहाँ जसरी फुले पनि , फुूलेपछि एकदिन भुइँमा झर्नैपर्छ किनकि जराको स्थान माटोमा हुन्छ।     तिमी पनि झर्छौ म त भुइँ फूल भुइँमा नै छु तर तिमी झर्दा तिम्रो ठूलो थुङ्गाले मेरो पुरै बस्ती छोपिन्छ तिम्रो ठूलो आकार छ अरुले पनि हेर्छन् या देखेर हेर्छन् अरुले जस्तै म पनि तिमीलाई हेर्न खोज्छु अफसोस हेर्न सक्दिनँ।     तिमीले छोप्छौ , किच्छौ। लह लह भएर…
Read More
मुक्तक – जिन्दगी

मुक्तक – जिन्दगी

मुक्तक ✍️ न सोचे जस्तो सुन्दर देखिन्छ जिन्दगी न खोजे जस्तो भाग्य लेखिन्छ जिन्दगी पानी माथि बग्ने नाउ जस्तै रहेछ यो जतिहिड्यो उतिपाईला मेटिन्छ जिन्दगी !   प्रेम प्रभा अधिकारी भरतपुर -११, चितवन
Read More
हेटौँडामा बखानमाथि बहस

हेटौँडामा बखानमाथि बहस

हेटौँडा– साहित्यकार एवम् पत्रकार वसन्त पराजुलीको तेस्रो कृति बखानमाथि हेटौँडामा परिचर्चा भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबार ऐतिहासिक उपन्यास बखानको विषयबस्तु र विविध पक्षबारे परिचर्चा गरिएको हो । अग्रज साहित्यकार एवम् पत्रकार डा. निमेष निखिलले पुस्तकका विविध पक्षमा समीक्षा गरेका थिए । पुस्तकमाथि चर्चा गर्दै निखिलले सरल र वर्णनात्मक तथा विवरणात्मक भाषाको प्रयोग गरी ऐतिहासिक पात्र बखानसिं गुरुङको जीवनी र त्यससँग सम्बन्धित रहेर ऐतिहासिक उपन्यास लेखिएको बताए । कुनै विषय र सन्दर्भको भित्री तहसम्म पुग्नका लागि गहिरोसँग व्यक्ति तथा सन्दर्भहरूको प्रयोग गर्ने विशेषता लेखकमा रहेको उनले बताए । बखानसिंह चितवनमा बस्ती बसाउन अगुवाइ गर्ने तथा चितवनमा नेपालकै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.