
अस्ट्रेलियाको क्यानबेरामा ‘नेपाल महोत्सव–२०२५’ सम्पन्न
अस्ट्रेलिया- अस्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृति, नेपाली पहिरन, खानाको परिकार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी क्यानबेरामा आयोजित महोत्सवले राजधानी नेपालमय बनेको थियो । कमनवेल्थ पार्कमा आयोजित महोत्सवअन्तर्गत क्यानबेराको सिभिकको गरिमा प्लेसबाट बिहान साढे १० बजेदेखि सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी कमन्वेल्थ पार्कको स्टेज ८८ मा पुगेर टुंगिएको थियो । पञ्चेबाजासहित निस्किएको प्रभातफेरीमा लाखेनाच र कुमारीनाच प्रस्तुत गरिएको थियो । सो अवसरमा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलगायत अस्ट्रेलियामा रहेका विभिन्न नेपाली संघसंस्था, स्थानीय अस्ट्रेलियालीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । त्यसैगरी, राजदूत यादवको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रममा…