गजल –
स्वदेशमा पाईन्न रोजगार ,बिदेश तिर जाऊँला आमा
जति छन साहुका ऋण,सबै मैले कमाएर तिरौँला आमा ।।
बाबाले हामीलाई सा_सानै छोडेर स्वर्गीय भए पनि
नगर चिन्ता घर ब्यवहार रित पुर्याएर धानौंला आमा ।।
भाई बैनीलाई पढाएँ भने बन्लान डक्टर ईन्जिनिएर
दु:खकष्ट बिर्साएर तीमीलाई सुखले पालौँला आमा ।।
चुहिने भाछ घरको छानो नछाई भाछैन जस्ता किनेर
तिम्रो आङ्गमा फाटेको चोली पनि नयाँ फेरौँला आमा ।।
छिमेकी शहर पसेँ गाउँ त्यागी , धुलो र धुँवा खानलाई
हामी आफ्नै गाउँँपुर्ख्यौलीमा बसि प्रगती गरौंला आमा ।।
– सुचिता काफ्ले
काठमाडौं