आज मितिः २०८३ मंसिर ४ गते

आज एनपीएलको इलिमिनेटरमा चितवन र काठमाण्डौ खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजले खेल्दैछन् । खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुनेछ ।

लिग चरणमा काठमाण्डौ तेस्रो र चितवन चौथो स्थानमा रहेर प्ले–अफमा पुगेका हुन् ।

हिजो भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै साविक उपाधि विजेता लुम्बिनी लायन्स लगातार दोस्रो पटक फाइनलमा पुगेको छ ।

पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिमले अब आज हुने इलिमिनेटरको विजेतासँग भोलि दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार उपाधिका लागि लुम्बिनीसँग खेल्नेछ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.