आज अझ धेरै र ठूलो वर्षा र हिमपातकोे सम्भावना
काठमाण्डौ- मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा काभ्रेमा सबैभन्दा धेरै २० मिलिमिटर वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित अरू ठाउँमा पनि रातिदेखि लगातार झरी परिरहेको छ ।आज अझ धेरै र ठूलो वर्षा र हिमपातकोे सम्भावना रहेको महाशाखाले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ । आज राति पनि देशका केही ठाउँमा ठूलो वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…