काठमाण्डौ –
बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘‘अर्नब’ को प्रभावले आजदेखि वर्षा र हिमपात हुनेछ ।
हिजोदेखि बदली शुरु भएको मौसम पूर्वानुमान् महाशाखाका अनुसार आजदेखि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातकोहुने जनाएको छ ।
आज दिउँसो मध्यमसम्मको वर्षा हुने र भरे बेलुकीदेखि शनिवारसम्म केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज बेलुकीदेखि देशका विभिन्न ठाउँमा वर्षा शुरु भएर भोलि थप तीव्रताका साथ पानी पर्ने विभागले जनाएको छ ।
कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै ठाउँमा मेघ गर्जन र चट्याङ तथा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगका एकरदुई ठाउँमासमेत ठूलो वर्षा र हिमपातको सम्भावना छ ।