आज मितिः २०८१ चैत्र ६ गते

रवि भट्ट

391 Posts
मलेसियामा हत्या गरिएकी तिलमाया सार्कीको शव ११ महिनापछि नेपाल आइपुग्यो

मलेसियामा हत्या गरिएकी तिलमाया सार्कीको शव ११ महिनापछि नेपाल आइपुग्यो

काठमाण्डौ - पाकिस्तानीद्वारा मलेसियामा हत्या गरिएकी कावासोतीकी तिलमाया सार्कीको शव ११ महिनापछि सोमबार नेपाल ल्याइएको छ । सुरक्षित आप्रवासन केन्द्र ९सामी परियोजना०की परामर्शदाता रञ्जना लम्सालका अनुसार दिउँसो तिलमायाको शव काठमाडौँ ल्याइएको हो ।   २१ महिनाअघि तिलमाया श्रीमान सम्बन्धविच्छेद गरेर नाबालिका छोरीलाई दिदीको रेखदेखमा छोडी वैदेशिक रोजगारीका लागि मलेसिया गएकी थिइन् । मलेसिया गएको एक वर्ष बित्न नपाउँदै तनहुँका एक युवक र तिलमायाको हत्या भएको थियो ।   आप्रवासन केन्द्रको निरन्तरको प्रयास र आफूहरुको प्रयासलाई बल पुग्ने गरी समाचार छापिएपछि शव नेपाल ल्याउन सम्भव भएको लम्सालले बताइन् । उनको शव कावासोती ल्याएर मङ्गलबार अन्त्येष्टि गरिनेछ ।   हत्यालगत्तै तत्काल सम्पूर्ण…
Read More
खैरहनीको गवै माविका २१ विद्यार्थीलाई ल्यापटप

खैरहनीको गवै माविका २१ विद्यार्थीलाई ल्यापटप

रत्ननगर - खैरहनी नगरपालिका वडा नं–१३ स्थित गवै माविका २१ जना विद्यार्थीहरुलाई ल्यापटप वितरण गरिएको छ । वडा कार्यालयले सो विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने २१ जना विद्यार्थीलाई जनही एक–एकवटा ल्यापटप प्रदान गरेको हो । वडा कार्यालयले विद्यार्थीलाई ल्यापटप प्रदान गर्न ८ लाख रूपैयाँ लगानी गरेको छ ।   सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले ल्यापटप प्रदान गरिएको वडाध्यक्ष कुलप्रसाद भूषालले जानकारी दिए । नयाँ प्रविधिलाई आत्मसात् गरी जीवन उपयोगी शिक्षाका लागि विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको भन्दै उनले यसलाई अवसरका रुपमा लिएर सदुपयोग गर्न आग्रह गरे । प्रविधिले विद्यार्थीको उज्ज्वल भविष्य निर्धारण गर्ने भन्दै वडाध्यक्ष भूषालले विद्यार्थीलाई…
Read More
पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कुरामा सांसदहरूले असहमति जनाए

पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कुरामा सांसदहरूले असहमति जनाए

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति असन्तुष्टि जनाएका छन्। बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने धारणा राखे। उनले मुलुकको अर्थतन्त्र कमजोर रहेको अवस्थामा पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कुरा शोभनीय नभएको बताए। उनले भने, ुपूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कानुन बनाउन लागेको भन्ने विषय पत्रपत्रिकामा आएको छ। देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषय अमान्य छ।ु सांसद यादवले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष, संविधान सभाका पूर्वअध्यक्ष, मन्त्रिपरिषद्का पूर्वअध्यक्षहरुलाई आजीवन भत्ता, घर भाडा, सवारीसाधन, सचिवालयका लागि कर्मचारी र सहयोगी…
Read More
आज तराईका जिल्लाहरूमा होली मनाइँदै, सार्वजनिक बिदा

आज तराईका जिल्लाहरूमा होली मनाइँदै, सार्वजनिक बिदा

  काठमाडौं - रंगहरूको पर्व होली हिजो पहाडमा मनाइयो भने आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।   पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।     होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो ।     स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।     तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन…
Read More
कालिकामा आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगरप्रमुख रेग्मी

कालिकामा आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगरप्रमुख रेग्मी

रत्ननगर -   चितवनको कालिका नगरपालिका वडा नंं.१० र ११ मा रहेका दुई विद्यालयले बिहीबार स्थापनको लामो समयपछि अभिभावक दिवस मनाएका छन् ।   कालिका नगरपालिका ११ मा रहेको आधारभूत विद्यालय कल्याणचौरले ४७ औँ र १० मा रहेको आधारभूत विधालय देउजरले ४५ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएका हुन् ।   कालिका नगरपालिकाभित्रका पहाडी क्षेत्रमा विद्यालयहरु स्थापना भएदेखि वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाउने प्रचलन नरहेको पाइएपछि नगरप्रमुख विनोद रेग्मीले सबै विद्यालयलाई वार्षिकोत्सव गर्न निर्देशन दिएका थिए ।   वार्षिकोत्सव एवम् अभिभावक दिवसको माध्यमबाट विद्यार्थी, अभिभावक, शिक्षक र जनप्रतिनिधिहरु एकैठाउँमा जम्मा भई विद्यालय र विद्यार्थीको शैक्षिक क्रियाकलापको अनुगमन र मूल्याङ्कन गर्न…
Read More
सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ – सोविता गौतम

सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ – सोविता गौतम

रास्वपाकी सभासद सोविता गौतमले सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको बताएकी छन् ।  सरकार अत्यधिक सतर्क, असहिष्णु, र उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्न उद्यत रहेको पनि उनले बताइन् ।   सभासद गौतमले यसले के देखाउँछ? सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर संकटमा छ! तर, यो संकट सरकार आफैं निम्त्याएको बताइन् । सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरवार बनायो! उदाउँदै गरेका नयाँ शक्ति— जो यही गणतन्त्रमा जन्मिए, हुर्किए, र लोकतन्त्र जोगाउने पहिलो पंक्तिमा उभिन सक्थे, उनैलाई झूटो मुद्दा लगाएर दमन गरिरह्यो उनले थपिन । सदनमा प्रश्नको जवाफ नदिने, उल्टो प्रश्न गर्ने सांसदलाई होच्याउने, पत्रकारहरूको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण…
Read More
सभ्य भएर फागू पर्व मनाउन सम्पूर्णमा प्रशासन कार्यालयको आग्रह

सभ्य भएर फागू पर्व मनाउन सम्पूर्णमा प्रशासन कार्यालयको आग्रह

काठमाडौं -   उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर फागू पर्व मनाउन सम्पूर्णमा आग्रह र अनुरोध गरेका छन्। प्रशासनसले सूचना जारी गर्दै उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरेको हो। सूचनामा ‘सामाजिक व्यवहार सुधार ऐन तथा नियमावली,ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको स्मरण गराइएको छ। फागुमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल पार्ने काम नगर्न प्रशासनले जनाएको छ। कसैको इच्छाविपरीत रङ एवं पानीको लोला…
Read More
चितवनमा ‘गोविन्दे’ जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा ‘गोविन्दे’ जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

  चितवन- चितवन राष्ट्रिय निकुञ्जमा ‘गोविन्दे’ नाम गरेको जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–९ स्थायी घर भई रत्ननगर नगरपालिका–७ बस्ने अन्दाजी ३४ वर्षीय सुरेश महतोको हात्तीको आक्रमणबाट मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनलाई हात्तीले शुक्रबार रातको समयमा आक्रमण गरेको र शनिबार शव भेटिएको सूचना अधिकारी थापामगरले बताए । ‘गोविन्दे’ हात्तीले गत १७ असोजमा हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी ३६ वर्षीय जद्दु सिंह थारुलाई आक्रमण गरेर मारेको थियो ।  
Read More
पूर्वराजाको स्वागतमा जुट्यो राप्रपा, सुरक्षा व्यवस्था कडा

पूर्वराजाको स्वागतमा जुट्यो राप्रपा, सुरक्षा व्यवस्था कडा

काठमाडौं-   लामो पश्चिम भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार काठमाडौं फर्किंदैछन्। उनी अपराह्न ३ बजे त्रिभुवन विमानस्थलमा उत्रिने पूर्वनिर्धारित तालिका छ। राप्रपाले दिउँसो १ बजे विमानस्थलमा आउन कार्यकर्ता र आम सर्वसाधारणलाई अपिल गरेको छ। पार्टीले एयरपोर्ट जाने कार्यक्रमको रुट र समय तालिका पनि तय गरेको छ। उनका समर्थकले भव्य स्वागत गर्ने तयारीका बीच सुरक्षा परिचालनलाई त्यहीअनुसार व्यापक बनाइने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिनेछ। एकीकृत सुरक्षा व्यवस्थाका लागि बनेको योजनाअनुसार काठमाडौंमा आइतबार नेपाल प्रहरीले आवश्यक मात्रा फौज परिचालन गर्नेछ। काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि…
Read More
आज पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने

आज पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयले दिउसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची तयार गरेको छ। जसमा भूमिसम्बन्धी बाहेक सरकारले ल्याएको अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने बताइएको छ।     राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गरिने कार्यसूची छ।   ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१’, र ‘निजीकरण ९पहिलो संशोधन० अध्यादेश, २०८१’ सहित पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.