कर्णालीमा तयारी हुँदैछ दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता
काठमाण्डौं- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। स्थानीय तहदेखि खेल प्रतिभाको खोजी, पहिचान र उत्पादन गर्दै नेपाली खेलकुदको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रत्येक दुई वर्षमा चक्रीय प्रणालीअनुसार राष्ट्रिय खेलकुद आयोजना गर्ने व्यवस्था भएअनुसार यसपटक कर्णाली प्रदेशलाई प्रतियोगिताको जिम्मेवारी दिइएको हो। प्रतियोगितालाई मूल आयोजक समितिले प्रतियोगिताको पूर्वतयारी, व्यवस्थापन तथा सञ्चालनका लागि कार्यसम्पादन समितिलाई आवश्यक निर्देशन दिएको छ। निर्णयअनुसार दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ ९एनआरएनए० गरी ११ टोली सहभागी हुनेछन्। प्रतियोगितामा ३२ खेल विधा समावेश गरिनेछ। त्यस्तै, नेपाल सरकारबाट स्वीकृत दसौँ राष्ट्रिय खेलकुदको…