आज मितिः २०८३ भाद्र २० गते

Uncategorized

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने स्याङ्जा चापाकोट नगरपालिका-८ घर भएका ३६ वर्षीया बिमला घले, काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका-३ घर भएका ३६ वर्षीय प्रेम प्रसाद पोख्रेल, काठमाडौं महानगरपालिका-३ बस्ने नुवाकोट ककनी गाउँपालिका-८ घर भएका ३५ वर्षीय सागर गोतामे र ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ३० वर्षीया सिन्सा श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये बिमलाले माल्दिभ्स पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ६० हजार रूपैयाँ, प्रेम प्रसादले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार…
Read More
यूकेमा रहनु भएकी गायिका भूमिकाले गर्नुभयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

यूकेमा रहनु भएकी गायिका भूमिकाले गर्नुभयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौं- अविरल वर्षासँगै आएको बाढीपहिरो र प्राकृतिक विपद्का कारण जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गायिका भूमिका शाहले आर्थिक सहयोग गर्नु भएको छ। हाल यूकेमा रहनु भएकी गायिका भूमिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले थोरै रकम राखिएको जानकारी दिनु भयो । यस विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउन आफूले गर्दै आएको कार्यक्रम स्थगित गरेको र यूकेमा रहनु भएका समाजसेवि तथा व्यवसायीहरुलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ । सामाजिक क्षेत्रमा गीत गाउँदै आफूले पनि तीज गीत निकालेको तर देशको अवस्थाले प्रचार प्रसार नगर्ने र सहयोगको लागि खटिने वहाले बताउनु भयो।
Read More

रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति

काठमाडौं( रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा स्थानीयसँग सम्पर्क टुट्दा उद्धार तथा क्षतिको विवरण संकलनमा चुनौती थपिएको छ। बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङबेँसी, त्रिशूली बजारलगायत रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।रसुवा जाने सडकमार्ग अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल सडकबाट पुग्न नसकिने अवस्था रहेको छ। अहिले हवाईमार्गबाट उद्धार तथा राहतका लागि पुग्ने प्रयास भइरहेको जानकारी दिँदै उनले उपलब्ध हेलिप्याड र अस्पताललाई पूर्ण रूपमा परिचालन गरेको सरकारले जनाएको छ। अहिले हवाईमार्गबाट गएर कति उद्धार गर्न सकिन्छ र कसरी सहयोग पु¥याउन सकिन्छ भन्नेमा सरकार र सम्बन्धित निकाय लागिरहेका छन्।’सरकारले विपद्पछि तत्काल प्रतिक्रिया…
Read More
आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाण्डौं- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको विभागले जनाएको छ । विभागका अनुसार बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ । मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती,…
Read More
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश, अमेरिकामा अब जन्मिएकाहरुले अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश, अमेरिकामा अब जन्मिएकाहरुले अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ । जन्मका आधारमा स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले नयाँ कार्यकारी आदेश जारी गर्नुभएको हो । अमेरिकी सर्वोच्च अदालतले यसअघिको प्रयासलाई अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ व्यवस्था अघि सार्नुभएको बीबीसीले जनाएको छ । नयाँ व्यवस्थाअनुसार विदेशी आतङ्ककारी समूहसँग आबद्ध व्यक्ति, विदेशी सरकारका कर्मचारी, नागरिकता प्राप्त गर्न छलकपट गरेको आरोप लागेका व्यक्ति तथा कानुनले नागरिकताको अधिकार नदिने अमेरिकी भूभागका नागरिकका सन्तानले अमेरिकामा जन्मिए पनि स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन् । त्यसैगरी, गर्भवतीहरूले आफ्ना सन्तानलाई अमेरिकी नागरिक बनाउने उद्देश्यले अमेरिका पुगेर प्रसूति गराउने प्रवृत्तिलाई पनि…
Read More
वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(३१ बस्ने कन्चनपुर भीमदत्त नगरपालिका(११ घर भएका ४४ वर्षीय नवराज भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । नवराजले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
Read More
काठको गोदाममा आगलागीहुदाँ १४ पसल जले

काठको गोदाममा आगलागीहुदाँ १४ पसल जले

काठमाडौं- काठमाडौंको गोठाटारस्थीत एक काठको गोदाममा आगलागीहुदाँ १४ वटा पसल जलेका छन् ।काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका(५ गोठाटारस्थित रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदामबाट सुरू भएको आगलागीबाट १४ वटा पसल जलेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार राति सवा ९ बजे विद्युत सर्ट भई सुरू भएको आगलागी झन्डै २ घन्टापछि नियन्त्रणमा आएको थियो। आगलागीबाट ओम काष्ठ मिल उद्योग, रिकन्डिसन एन्ड हेल्मेट पसल, बासु फर्निचर पसल, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, मिठाइ पसल, हार्डवेयर पसल, चिया पसल, हिमेस गौतमको फर्निचर पसल, चटपटे एन्ड किराना पसल, कस्मेटिक पसल र स्टेशनरी पसलमा क्षति पुगेको छ। आगो निभाउन जिल्ला प्रहरी…
Read More
मोडर्न नेपाल कलेजमा श्रद्धापूर्वक गुरु पूर्णिमा मनाइयो

मोडर्न नेपाल कलेजमा श्रद्धापूर्वक गुरु पूर्णिमा मनाइयो

काठमाडौं, गुरु पूर्णिमाको अवसरमा मोर्डन नेपाल कलेजले विशेष कार्यक्रमको आयोजना गरी गुरुजनप्रति सम्मान व्यक्त गरेको छ। कार्यक्रममा विद्यार्थीहरूले गुरुहरूलाई टीका, फूलमाला लगाई दिँदै शुभकामना व्यक्त गरेका थिए। उनीहरुले नृत्य, गीत, कविता वाचन तथा गुरुको महत्त्वबारे प्रकाश पारेका थिए । उहाँहरुले गुरु भनेका ज्ञान, अनुशासन र संस्कारका मार्गदर्शक भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई गुरुको सम्मान गर्नु भएकोमा आभार व्यक्त गर्दै धन्यवाद दिनु भयो । कलेजका प्रधानाध्यापक किरण डंगोल, सहायक प्रधााध्यापक किरण भट्ट, शिक्षकहरू रामनारायण राउत, प्रोफेसर डाक्टर सञ्जीव प्रधान, प्रोफेसर डाक्टर फत्त बहादुर केसी,सविता शाह ठकुरी , सविता घिमिरे,पूजा कुइँकेल उपाध्याय, एमडी जिबनराज डंगोल, तथा अतिथि भीम प्रसाद पोखरेल लगायतले शुभकामना व्यक्त…
Read More
पहिरोका कारण राजमार्गका विभिन्न ठाउँमा अवरूद्ध

पहिरोका कारण राजमार्गका विभिन्न ठाउँमा अवरूद्ध

काठमाण्डौं- लगातारको वर्षापछि पहिरोका कारण विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। आज बिहीबार बिहान ७ बजेसम्म ५ वटा मुख्य राजमार्ग ७ ठाउँमा अवरूद्ध छ। ललितपुरको बागमती गाउँपालिका(३ पाङ्दुरमा पहिरोका कारण कान्ति लोकपथ पूर्ण अवरूद्ध छ। पहिरोका कारण उक्त खण्डमा रातको समयमा गाडी चलाउन समेत रोक लगाइएको छ। मेची राजमार्ग इलाममा पूर्ण अवरूद्ध छ। अविरल वर्षाका कारण इलाम नगरपालिका-९ राजदुवालीमा झापा(ताप्लेजुङ सडक वैशाख २३ गतेदेखि पूर्ण अवरूद्ध छ। त्यहाँ वैकल्पिक बाटो सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।भोजपुर नगरपालिका(१ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग अवरूद्ध छ। यो सडक अहिले एकतर्फी सञ्चालनमा रहेको र वैकल्पिक बाटो समेत सञ्चालनमा छ। काभ्रेमा विपी राजमार्ग अन्तर्गत खुर्कोट(नेपालथोक(कटुन्जेबेसी चल्ने…
Read More
यूएईमा नेपाली श्रमिकलाई भिसासम्बन्धी नयाँ व्यवस्था

यूएईमा नेपाली श्रमिकलाई भिसासम्बन्धी नयाँ व्यवस्था

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई तथा उत्तरी इमिरेट्समा रहेका फ्रि जोन र अर्धसरकारी कम्पनीमा जाने नेपाली श्रमिकको संस्थागत भिसा प्रमाणीकरणसम्बन्धी नयाँ व्यवस्था गरेको छ। महावाणिज्यदूतावासले बुधबार सूचना जारी गर्दै मागपत्र प्रमाणीकरण भइसकेपछि भर्ना प्रक्रियामा रहेका श्रमिकले श्रम स्वीकृति प्रयोजनका लागि संस्थागत भिसा प्रमाणीकरण गराउँदा सम्बन्धित कम्पनीले तोकिएका कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ। अब आवेदन फाराम, भिसा प्रमाणीकरण पत्रका दुई प्रति, कम्पनीको छाप र अधिकारप्राप्त व्यक्तिको हस्ताक्षर भएको भिसाको प्रति, वैदेशिक रोजगार विभागको पूर्वस्वीकृति पत्र, स्वीकृत मागपत्र र पावर अफ अटर्नी, एफईआईएमएस प्रणालीबाट म्यानपावर कम्पनीले निकालेको भिसा ब्यालेन्स रेकर्ड तथा कम्पनीका अधिकारप्राप्त व्यक्तिको परिचयपत्र वा अख्तियारीपत्र पेश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.