आज मितिः २०८३ आश्विन १९ गते

कर्णालीमा तयारी हुँदैछ दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता

काठमाण्डौं-


दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।

स्थानीय तहदेखि खेल प्रतिभाको खोजी, पहिचान र उत्पादन गर्दै नेपाली खेलकुदको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रत्येक दुई वर्षमा चक्रीय प्रणालीअनुसार राष्ट्रिय खेलकुद आयोजना गर्ने व्यवस्था भएअनुसार यसपटक कर्णाली प्रदेशलाई प्रतियोगिताको जिम्मेवारी दिइएको हो।

प्रतियोगितालाई मूल आयोजक समितिले प्रतियोगिताको पूर्वतयारी, व्यवस्थापन तथा सञ्चालनका लागि कार्यसम्पादन समितिलाई आवश्यक निर्देशन दिएको छ। निर्णयअनुसार दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ ९एनआरएनए० गरी ११ टोली सहभागी हुनेछन्। प्रतियोगितामा ३२ खेल विधा समावेश गरिनेछ।

त्यस्तै, नेपाल सरकारबाट स्वीकृत दसौँ राष्ट्रिय खेलकुदको बजेट तथा खर्चसम्बन्धी नर्म्सको अधीनमा रही प्रतियोगिताको खर्च व्यवस्थापन गर्ने निर्णय गरिएको छ। पहिलो पटक आयोजना हुने प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक कार्यसमेत अघि बढाइने भएको छ।

बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्दै दशौं राष्ट्रिय खेलकुदको उत्सव आइतबारबाट सुरु भएको बताए। ‘दशौं राष्ट्रिय खेलकुद हुने हो कि होइन भन्नेर कसैले पनि दुविधा नमान्नुहोला’ उनले भने, ‘दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, त्यसैले प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो।’

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव रामचरित्र मेहताले दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै भव्य र सभ्यरुपमा सम्पन्न गर्न सबैखाले तयारीमा जुटेको जानकारी दिए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.