राजनदिल गुरुङ-
काठमाण्डौ-
एशिया कप राइजिङ स्टार्स प्रतियोगितामा कतारको दोहामा टस हारेर ब्याटिङ गरेको यूएईले ३९ ओभर ५ बलमा १२१ रन बनाउँदा सबै विकेट गुमायो । यूएईका मुहम्मद शाहदादले सबैभन्दा धेरै ४० रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले ३र३ विकेट लिए ।
प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।
५० ओभरको प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसहित भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूह ‘ए’ मा श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् ।
यूएईसँगको आजको खेल नेपालका लागि ऐतिहासिक रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो १००औँ खेल हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म धेरै यूएईसँग नै खेलेको छ ।
यस्तै आजको खेलमा नेपालबाट लोकेश बम, राशिद खान र मयन यादवले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।