आज मितिः २०८३ मंसिर ७ गते

मुग्लिन सडकखण्ड नजिकैको घोप्टेभीर आजदेखि दैनिक पाँच घण्टा बन्द

काठमाण्डौ –

नागढुङ्गा–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन र कुरिनटार बीचको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि गाडी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज शनिपारदेखि अर्को सूचना प्रकाशित नभएसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पाँच घण्टा सडक आवागमन बन्द हुनेछ ।

यस समयमा नारायणगढ तर्फबाट चल्ने गाडीलाई जुगेडी र आँपटारीमा, पोखरा तर्फबाट चल्ने गाडीलाई आँबुखैरेनीमा र काठमाण्डौतर्फबाट आएका गाडीलाई कुरिनटार नजिकैको रमाइलो डाँडामा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आवश्यक समन्वय तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सडकखण्डका सूचना अधिकारीसँग सम्पर्क गर्नसमेत प्रशासनले आग्रह गरेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.