आज मितिः २०८३ कार्तिक १५ गते

मुख्य समाचार

टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा उत्तम

टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा उत्तम

काठमाण्डौ - आज बडादशैँ टीका र जमरा लगाएर विजयादशमी मनाइँदै छ । आज दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमाविजयादशमी मनाउने गरिन्छ । रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ । दशैँ घर वा पूजा कोठामा नवरात्रका नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान १० बजेर २६ मिनेटको साइत उत्तम रहेको जनाएको छ । पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ । असत्यमाथि…
Read More
रत्ननगर–१२ मा शुभकामना आदानप्रदान, वृत्तचित्र प्रसारण र बाल क्लबलाई खेलकुद सामग्री वितरण

रत्ननगर–१२ मा शुभकामना आदानप्रदान, वृत्तचित्र प्रसारण र बाल क्लबलाई खेलकुद सामग्री वितरण

रामु आचार्य।रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ को आयोजनामा विजयादशमी, शुभ दीपावली, छठ तथा नेपाल संवत्‌को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडाले पछिल्लो साढे चार वर्षमा गरेका विकास निर्माण तथा अन्य गतिविधि समेटिएको वृत्तचित्र प्रसारण गर्नुका साथै बाल क्लब तथा विद्यालयलाई खेलकुद सामग्री वितरण र वडाको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। हेल्प सोसाइटी, जमुनापुरमा आयोजित कार्यक्रममा रत्ननगर–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले अध्यक्षता गर्नुभएको थियो। फरक क्षमता भएका तथा सामाजिक कार्य र शिक्षाको क्षेत्रमा सक्रिय स्थानीय बासिन्दा रुद्रप्रसाद पन्त प्रमुख अतिथि रहनुभएको कार्यक्रममा साविक वडा नम्बर ११ का संस्थापक वडाध्यक्ष तथा रत्ननगर–१२ का निवर्तमान…
Read More
गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित

काठमाण्डौ - नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । आज सकिएको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गरे । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । पार्टी सभापतिसहित केन्द्रीय कार्यसमिति चयनका लागि हिजो भएको चुनावमा ९६।२ प्रतिशत मत खसेको छ । विभिन्न २ सय ३१ पदका लागि ८ सय ११ जनाले उम्मेदवारी दिएका छन् । यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भुसाल र काठमाण्डौ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य निर्विरोध भएका छन् ।
Read More
दुवै महाधिवेशन रोक्न माग गर्दै पेस भएको कांग्रेसको रिट सर्वोच्चबाट दरपीठ

दुवै महाधिवेशन रोक्न माग गर्दै पेस भएको कांग्रेसको रिट सर्वोच्चबाट दरपीठ

काठमाण्डौं- नेपाली कांग्रेसको दुवै महाधिवेशन रोक्न माग गर्दै पेस गरेको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ। अधिवक्ता मनिराम उपाध्यायले आधिकारिक केन्द्रीय समिति कुन हो भन्ने दुविधा रहेको उल्लेख गर्दै पेस गरेको रिटलाई सोमबार रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गर्ने निर्णय गरेका छन्। सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार गगन थापा पक्ष र शेरबहादुर देउवा पक्षले महाधिवेशन घोषणा गरेकाले दुवैको अधिवेशन कार्यतालिका रोक्न माग गर्दै रिट पेस भएको थियो। ‘कांग्रेसको दुवै पक्षको महाधिवेशन मिति तय भएको र त्यसलाई रोकि पाऊँ भन्ने तरिकाले क्रियाशील सदस्यले रिट पेस गर्नुभएको थियो,’ उनले भने, त्यसमा यसअघि भएका आदेशलाई मध्यनजरमा राखेर रिटलाई दरपीठ गर्ने निर्णय गरेको…
Read More

रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति

काठमाडौं( रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा स्थानीयसँग सम्पर्क टुट्दा उद्धार तथा क्षतिको विवरण संकलनमा चुनौती थपिएको छ। बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङबेँसी, त्रिशूली बजारलगायत रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।रसुवा जाने सडकमार्ग अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल सडकबाट पुग्न नसकिने अवस्था रहेको छ। अहिले हवाईमार्गबाट उद्धार तथा राहतका लागि पुग्ने प्रयास भइरहेको जानकारी दिँदै उनले उपलब्ध हेलिप्याड र अस्पताललाई पूर्ण रूपमा परिचालन गरेको सरकारले जनाएको छ। अहिले हवाईमार्गबाट गएर कति उद्धार गर्न सकिन्छ र कसरी सहयोग पु¥याउन सकिन्छ भन्नेमा सरकार र सम्बन्धित निकाय लागिरहेका छन्।’सरकारले विपद्पछि तत्काल प्रतिक्रिया…
Read More
पुरुषोत्तम–प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक

पुरुषोत्तम–प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक

चितवन । पुरुषोत्तम दुवाडी र प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक भएको छ। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीतमा परदेशिएकी चेलीले गर्ने माइतीको सम्झना, चेलीका भावना र तीजको सांस्कृतिक पक्षलाई समेटिएको छ। गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ भने पुरुषोत्तम दुवाडीको शब्द र पुरुषोत्तम दुवाडी तथा जेबी ओलीको संगीत रहेको छ। थेगो उपेन्द्र दुवाडीको रहेको गीतलाई यम थापाले एरेन्ज गरेका छन्। गीतको रेकर्डिङ सुमन राना मगरले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ पनि कुमार राना मगरले गरेका छन्। गीतको रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो। ‘माईतीको सम्झना’को भिडियोमा रेजी बस्नेत, कमल अर्याल, तारा अर्याल…
Read More
काँग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले उद्घाटन गर्ने

काँग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले उद्घाटन गर्ने

काठमाडौँ- नेपाली काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे हुने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् । भेला आयोजक समितिका संयोजक डा। शशांक कोइराला छन् । इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन् ।संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ । आज पहिलो दिनको उद्घाटन समारोहमा देउवालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता मीन विश्वकर्माले बताए । भोलि र पर्सि बन्दसत्र छ । भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ ।
Read More
आज संघीय संसदका ७ समितिको बैठक बस्दै

आज संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौं- आज संघीय संसदका सात समितिको बैठक बस्दैछ। आज प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ। त्यस्तै राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको पनि बैठक बस्दैछ।
Read More
विज्ञापन निस्कनुअघि नै एजेन्टमार्फत कामदार जम्मा गर्ने म्यानपावरको चलाखी, पत्रिकाभरी विज्ञापन दिएर भन्छन् कोटा प्याक

विज्ञापन निस्कनुअघि नै एजेन्टमार्फत कामदार जम्मा गर्ने म्यानपावरको चलाखी, पत्रिकाभरी विज्ञापन दिएर भन्छन् कोटा प्याक

काठमाडौँ- वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली अनुसार वैदेशिक रोजगारीका लागि मेनपावरहरुले राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्छन् र गर्नै पर्दछ ।एजेन्टमार्फत कामदार जम्मा गर्दै म्यानपावरको चलाखी पत्रिकाभरी विज्ञापन दिएर भन्छन् कोटा प्याक भई सक्यो । म्यानपावर कम्पनीहरूले माग भएको सङ्ख्यासहित विज्ञापन मार्फत अन्तर्वार्ताको मिति, सेवा–सुविधा र रोजगारदाताको नाम स्पष्ट खुलाउनु पर्छ । जब कुनै बेरोजगार युवा पत्रिकामा छापिएको त्यही विज्ञापन हेरेर म्यानपावर कम्पनी पुग्छ वा फोन गर्छ, उसले ‘कोटा प्याक भइसक्यो’ वा ‘डिमाण्ड’ नै आएको छैन भन्ने जबाफ पाउँछ । यस्तो परिस्थिति हुनुको मुख्य कारण वैदेशिक रोजगार कम्पनीहरूले सरकारी प्रक्रिया छल्न अपनाएको व्यवस्थित सिन्डिकेटलाई मानिएको छ । नियमअनुसार विज्ञापन…
Read More
आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै

आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्नेछ। आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम छ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मुस्लिम आयोगको काम कारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल’ गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्दैछ । अहिले बिहान १० बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.