आज मितिः २०८३ भाद्र ३० गते

मुख्य समाचार

दुवै महाधिवेशन रोक्न माग गर्दै पेस भएको कांग्रेसको रिट सर्वोच्चबाट दरपीठ

दुवै महाधिवेशन रोक्न माग गर्दै पेस भएको कांग्रेसको रिट सर्वोच्चबाट दरपीठ

काठमाण्डौं- नेपाली कांग्रेसको दुवै महाधिवेशन रोक्न माग गर्दै पेस गरेको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ। अधिवक्ता मनिराम उपाध्यायले आधिकारिक केन्द्रीय समिति कुन हो भन्ने दुविधा रहेको उल्लेख गर्दै पेस गरेको रिटलाई सोमबार रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गर्ने निर्णय गरेका छन्। सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार गगन थापा पक्ष र शेरबहादुर देउवा पक्षले महाधिवेशन घोषणा गरेकाले दुवैको अधिवेशन कार्यतालिका रोक्न माग गर्दै रिट पेस भएको थियो। ‘कांग्रेसको दुवै पक्षको महाधिवेशन मिति तय भएको र त्यसलाई रोकि पाऊँ भन्ने तरिकाले क्रियाशील सदस्यले रिट पेस गर्नुभएको थियो,’ उनले भने, त्यसमा यसअघि भएका आदेशलाई मध्यनजरमा राखेर रिटलाई दरपीठ गर्ने निर्णय गरेको…
Read More

रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति

काठमाडौं( रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा स्थानीयसँग सम्पर्क टुट्दा उद्धार तथा क्षतिको विवरण संकलनमा चुनौती थपिएको छ। बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङबेँसी, त्रिशूली बजारलगायत रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।रसुवा जाने सडकमार्ग अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल सडकबाट पुग्न नसकिने अवस्था रहेको छ। अहिले हवाईमार्गबाट उद्धार तथा राहतका लागि पुग्ने प्रयास भइरहेको जानकारी दिँदै उनले उपलब्ध हेलिप्याड र अस्पताललाई पूर्ण रूपमा परिचालन गरेको सरकारले जनाएको छ। अहिले हवाईमार्गबाट गएर कति उद्धार गर्न सकिन्छ र कसरी सहयोग पु¥याउन सकिन्छ भन्नेमा सरकार र सम्बन्धित निकाय लागिरहेका छन्।’सरकारले विपद्पछि तत्काल प्रतिक्रिया…
Read More
पुरुषोत्तम–प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक

पुरुषोत्तम–प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक

चितवन । पुरुषोत्तम दुवाडी र प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक भएको छ। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीतमा परदेशिएकी चेलीले गर्ने माइतीको सम्झना, चेलीका भावना र तीजको सांस्कृतिक पक्षलाई समेटिएको छ। गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ भने पुरुषोत्तम दुवाडीको शब्द र पुरुषोत्तम दुवाडी तथा जेबी ओलीको संगीत रहेको छ। थेगो उपेन्द्र दुवाडीको रहेको गीतलाई यम थापाले एरेन्ज गरेका छन्। गीतको रेकर्डिङ सुमन राना मगरले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ पनि कुमार राना मगरले गरेका छन्। गीतको रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो। ‘माईतीको सम्झना’को भिडियोमा रेजी बस्नेत, कमल अर्याल, तारा अर्याल…
Read More
काँग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले उद्घाटन गर्ने

काँग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले उद्घाटन गर्ने

काठमाडौँ- नेपाली काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे हुने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् । भेला आयोजक समितिका संयोजक डा। शशांक कोइराला छन् । इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन् ।संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ । आज पहिलो दिनको उद्घाटन समारोहमा देउवालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता मीन विश्वकर्माले बताए । भोलि र पर्सि बन्दसत्र छ । भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ ।
Read More
आज संघीय संसदका ७ समितिको बैठक बस्दै

आज संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौं- आज संघीय संसदका सात समितिको बैठक बस्दैछ। आज प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ। त्यस्तै राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको पनि बैठक बस्दैछ।
Read More
विज्ञापन निस्कनुअघि नै एजेन्टमार्फत कामदार जम्मा गर्ने म्यानपावरको चलाखी, पत्रिकाभरी विज्ञापन दिएर भन्छन् कोटा प्याक

विज्ञापन निस्कनुअघि नै एजेन्टमार्फत कामदार जम्मा गर्ने म्यानपावरको चलाखी, पत्रिकाभरी विज्ञापन दिएर भन्छन् कोटा प्याक

काठमाडौँ- वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली अनुसार वैदेशिक रोजगारीका लागि मेनपावरहरुले राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्छन् र गर्नै पर्दछ ।एजेन्टमार्फत कामदार जम्मा गर्दै म्यानपावरको चलाखी पत्रिकाभरी विज्ञापन दिएर भन्छन् कोटा प्याक भई सक्यो । म्यानपावर कम्पनीहरूले माग भएको सङ्ख्यासहित विज्ञापन मार्फत अन्तर्वार्ताको मिति, सेवा–सुविधा र रोजगारदाताको नाम स्पष्ट खुलाउनु पर्छ । जब कुनै बेरोजगार युवा पत्रिकामा छापिएको त्यही विज्ञापन हेरेर म्यानपावर कम्पनी पुग्छ वा फोन गर्छ, उसले ‘कोटा प्याक भइसक्यो’ वा ‘डिमाण्ड’ नै आएको छैन भन्ने जबाफ पाउँछ । यस्तो परिस्थिति हुनुको मुख्य कारण वैदेशिक रोजगार कम्पनीहरूले सरकारी प्रक्रिया छल्न अपनाएको व्यवस्थित सिन्डिकेटलाई मानिएको छ । नियमअनुसार विज्ञापन…
Read More
आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै

आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्नेछ। आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम छ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मुस्लिम आयोगको काम कारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल’ गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्दैछ । अहिले बिहान १० बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको…
Read More
शान्तिकुञ्जले महिलाहरुलाई दियो उत्पादन तथा व्यवस्थापन तालिम

शान्तिकुञ्जले महिलाहरुलाई दियो उत्पादन तथा व्यवस्थापन तालिम

रामु आचार्य । २२ जेठ, रत्ननगर — शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ले आजदेखि १० दिने दुग्धजन्य वस्तु उत्पादन तथा व्यवस्थापन तालिम सुरु गरेको छ। तालिम असार २ गतेसम्म सञ्चालन हुने छ।तालिमको औपचारिक शुभारम्भ एक विशेष कार्यक्रमका बीच गरिएको हो। कार्यक्रमको सभाध्यक्ष संस्थाकी अध्यक्ष निर्मला दंगाल रहनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा रहनुभएको थियो। उहाँले शान्तिकुञ्ज सहकारीले सामान्य महिला दिदीबहिनीहरूलाई उद्यमी बनाउन महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाको आगामी बजेटबाट शान्तिकुञ्जले उत्पादन गरिरहेको कुल्फी लगायतका सामग्री बिक्री वितरणका लागि आईससहितको उच्च प्रविधियुक्त रिक्सा उपलब्ध गराइने बताउँदै सहकारीलाई स्थान अभाव भएको महसुस…
Read More
नीति तथा कार्यक्रममाथिको छलफलमा अर्थमन्त्रीले जवाफ दिने

नीति तथा कार्यक्रममाथिको छलफलमा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं÷सङ्घीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहले hjfkm नदिने भएका छन्। संसद् सचिवालयले यसअघि जारी गरेको कार्यसूचीमा प्रधानमन्त्रीले जवाफ दिने उल्लेख भए तापनि अन्तिम समयमा k|wfgdGqLn] उनको सट्टा अर्थमन्त्री डा= स्वर्णिम वाग्लेलाई अगाडि ;f/]sf 5g\ . अहिले केहीबेरमा बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वाग्लेले सरकारको तर्फबाट सांसदका जिज्ञासाको सम्बोधन गर्ने तय भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू र अर्थमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको तर्फबाट वाग्लेले जवाफ दिने पुष्टि गरेका छन्। सामान्यतया सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैँले दिने संसदीय परम्परा रहे तापनि बालेनले भने सो जिम्मेवारी अर्थमन्त्रीलाई सुम्पिएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८…
Read More
चितवनमा लोक भजन–चुड्का संरक्षण प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न

चितवनमा लोक भजन–चुड्का संरक्षण प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न

चितवन । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान जिल्ला शाखा चितवनको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। तदर्थ समिति अध्यक्ष टिकाराम शर्मा लामिछानेको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थापक केन्द्रीय अध्यक्ष प्रजापति पराजुली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बागमती इन्चार्ज नविन पौडेल, रत्ननगर नगरपालिका–९ का वडाध्यक्ष अनन्त अधिकारी, बागमती प्रदेश अध्यक्ष गोविन्द प्रसाद नेपाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी प्रदेश तथा जिल्ला सल्लाहकार सोम सापकोटा, चितवन जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरी, बागमती प्रदेश महिला उपाध्यक्ष पुनम बस्याल, सल्लाहकार गोविन्द सापकोटा, पुष्पाञ्जली भजन समूहका उपाध्यक्ष मिनराज बास्तोला तथा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.