आज मितिः २०८३ आश्विन २४ गते

गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित

काठमाण्डौ –

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् ।

आज सकिएको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गरे । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

पार्टी सभापतिसहित केन्द्रीय कार्यसमिति चयनका लागि हिजो भएको चुनावमा ९६।२ प्रतिशत मत खसेको छ । विभिन्न २ सय ३१ पदका लागि ८ सय ११ जनाले उम्मेदवारी दिएका छन् ।

यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भुसाल र काठमाण्डौ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य निर्विरोध भएका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.