काठमाडौं( रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति पुर्याएको छ ।
प्रभावित क्षेत्रमा स्थानीयसँग सम्पर्क टुट्दा उद्धार तथा क्षतिको विवरण संकलनमा चुनौती थपिएको छ। बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङबेँसी, त्रिशूली बजारलगायत रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।रसुवा जाने सडकमार्ग अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल सडकबाट पुग्न नसकिने अवस्था रहेको छ। अहिले हवाईमार्गबाट उद्धार तथा राहतका लागि पुग्ने प्रयास भइरहेको जानकारी दिँदै उनले उपलब्ध हेलिप्याड र अस्पताललाई पूर्ण रूपमा परिचालन गरेको सरकारले जनाएको छ।
अहिले हवाईमार्गबाट गएर कति उद्धार गर्न सकिन्छ र कसरी सहयोग पु¥याउन सकिन्छ भन्नेमा सरकार र सम्बन्धित निकाय लागिरहेका छन्।’सरकारले विपद्पछि तत्काल प्रतिक्रिया जनाउँदै उद्धार र राहतका लागि संयन्त्र परिचालन गरेको भन्दै र विपद् व्यवस्थापनमा खटिएका छन् ।
बाढीको कारण तिब्बती क्षेत्रमा भएको ग्लेसियर आउटबस्र्ट नै मुख्य कारण रहेको हो। नेपालमा अत्यधिक वर्षा भएर नभई सीमापारिबाट आएको बाढी भएकाले तत्काल हवाई उडानका लागि दृश्यताको ठूलो समस्या परेको छ। तर प्रभावित क्षेत्रमै १२ हेलिकोप्टर गएका छन् ।
सरकारले रसुवाको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्य तीव्र बनाउँदै जोखिमयुक्त तथा तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।