काठमाण्डौ –
ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका डा। लोकविजय अधिकारीले जनाकारी दिनुभयो ।
भूकम्पको धक्का काठमाण्डौ उपत्यका, पूर्वी नेपालका पहाडी तथा तराईका जिल्लासहित विभिन्न ठाउँमा महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिबारे थप विवरण प्राप्त भएको छैन ।