आज मितिः २०८३ मंसिर ८ गते

इन्धन विवादले जलवायु सम्मेलन सङ्कटमा

Uddar News

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा राष्ट्रहरूबीच असहमतिहुदाँ कोप–३१ जलवायु सम्मेलन सङ्कटमा परेको छ । निर्धारित समयभन्दा ४० घण्टाभन्दा धेरै बितिसक्दा पनि झन्डै २०० राष्ट्रबीच सम्झौता हुन नसकेपछि सम्मेलन निष्कर्षविहीन हुने जोखिम बढेको समाचार संस्था एएफपीले जनाएको छ ।

सम्मेलनका टर्की र अस्ट्रेलियाले अन्तिम समयमा अघि सारेको प्रस्तावमा जीवाश्म इन्धन त्याग्ने स्पष्ट प्रतिबद्धता समावेश नभएपछि युरोपेली सङ्घ र जोखिममा रहेका साना टापु राष्ट्रहरूले विरोध गरेका छन् । आयरल्यान्डका जलवायुमन्त्री डाराग ओब्रायनले प्रस्तावित दस्तावेजमा जलवायु सङ्कट सामना गर्न आवश्यक महत्त्वाकाङ्क्षा नरहेको बताउनुभयो ।

साउदी अरबजस्ता तेल उत्पादक राष्ट्रहरूले जीवाश्म इन्धनसम्बन्धी स्पष्ट प्रतिबद्धताको विरोध गरेका छन् । शनिवार टर्किए र अस्ट्रेलियाले इयु तथा साउदी अरबबीच आकस्मिक बैठक गराए पनि सहमति जुट्न सकेन । पछिल्लो मस्यौदामा सन् २०२३ को जीवाश्म इन्धनबाट टाढिने विश्वव्यापी प्रतिबद्धतालाई अप्रत्यक्ष रूपमा मात्र उल्लेख गरिएको छ ।

एन्टिगुवा र बार्बुडाका वातावरणमन्त्री माइकल जोसेफले मस्यौदाप्रति असन्तुष्टि जनाउनुभयो । यसमा जीवाश्म इन्धन उद्योगले समर्थन गर्दै आएको कार्बन सङ्कलन प्रविधि विस्तार गर्ने प्रस्तावसमेत समेटिएको छ । वातावरणीय अभियानकर्मीहरूले यसले प्रदूषण नियन्त्रणमा सहयोग नगर्ने भन्दै सम्झौता अस्वीकार गर्न आग्रह गरेका छन् ।

यसैबीच साउदी अरब, भारत र केन्याले जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल ९आईपीसीसी० का आउँदा प्रतिवेदन प्रकाशनमा ढिलाइ गर्न खोजेपछि अर्को विवाद थपिएको छ । सन् २०२८ को विश्वव्यापी उत्सर्जन न्यूनीकरण प्रयासको समीक्षाअघि प्रतिवेदन सार्वजनिक गर्न युरोप, अफ्रिका र प्रशान्त क्षेत्रका दर्जनौँ राष्ट्रले माग गरेका छन् ।

पेरिस जलवायु सम्झौताले निर्धारण गरेको तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य हासिल गर्ने विषयमा पनि मतभेद छ । त्यस्तै जलवायु अनुकूलनका लागि प्रस्ताव गरिएको १ खर्ब २० अर्ब अमेरिकी डलरको लक्ष्य मस्यौदाबाट हटाइएपछि विकासशील राष्ट्रहरू असन्तुष्ट बनेका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.