आज मितिः २०८३ भाद्र १० गते

चितवनमा क्षत्री समाजको आयोजनामा ‘दर खाने तथा साँस्कृतिक कार्यक्रम’ हुँदै

रवि रोषी

चितवन –

क्षत्री समाज नेपाल, चितवनको आयोजनामा हरितालिका तीजको अवसर पारेर तीज विशेष ‘दर खाने तथा सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ।

कार्यक्रम भदौ १३ गते भरतपुर  वडा नं ४ स्थित चितवन फुटमार्टमा हुने आयोजकले जनाएकाे छ । समाजका अध्यक्ष टिकाराम कुँवरका अनुसार कार्यक्रममा छोटो शुभकामना आदान–प्रदानसँगै विभिन्न प्रतियोगितात्मक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रमअन्तर्गत विभिन्न विधामा प्रतियोगिता आयोजना गरी उत्कृष्ट सहभागीलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।प्रतियोगिता तथा पुरस्कारका विधा एकल नृत्य (रेकर्डेड गीत), एकल नृत्य (लाइभ गीत), सामूहिक प्रस्तुति (रेकर्डेड गीत), सामूहिक प्रस्तुति (लाइभ गीत), ४० वर्षमाथिका लागि लाइभ प्रस्तुति, ४० वर्षमुनिका लागि प्रस्तुति रहने समाजका अध्यक्ष कुँवरले जानकारी दिनुभयाे ।

कार्यक्रम तथा पुरस्कारका लागि सौजन्य गर्ने दाताहरूलाई कार्यक्रममा माला लगाएर सम्मान गरिनेछ।कार्यक्रमको प्रचार–प्रसार समितिका संयोजक ज्ञानेन्द्रजंग थापाले तीजको मौलिक संस्कृति, आपसी सद्भाव र मनोरञ्जनलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.