आज मितिः २०८२ जेष्ठ ३२ गते

विविध

माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन …

माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन …

बैशाख १५ , चितवन । सहकारी सञ्चालकले आफ्नो बचत रकम फिर्ता नदिएकाे भन्दै आज सोमबार सहकारी पीडितहरुले काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरुले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लगाएका छन् । सहकारी सञ्चालकले आफ्नो बचत रकम फिर्ता नदिएकाे भन्दै पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् ।
Read More
जब काग बिरामी हुन्छ… यो किराहरू खोज्न जान्छ।

जब काग बिरामी हुन्छ… यो किराहरू खोज्न जान्छ।

हो, तपाइहरुले ठीक पढ्नुभयो। जब काग अस्वस्थ महसुस गर्छ, त्यो कमिलाको बास भएको ठाउँमा जान्छ र पखेटा फिजाएर शान्त सङ्ग बस्छ र कमिलाहरूलाई आक्रमण गर्न दिन्छ। यसको एउटा विशेष कारण छ: कमिलाहरूले कागको शरीरमा फर्मिक एसिड छर्किन्छन्, जुन प्राकृतिक एन्टिप्यारासाइटिक (परजीवी हटाउने पदार्थ) को रूपमा काम गर्छ। यो एसिडले कागको छाला र पखेटामा भएका फंगल, ब्याक्टेरिया र परजीवीहरू हटाउन सहयोग गर्छ, र औषधिको आवश्यकता बिना नै कागको स्वास्थ्यमा सुधार गर्न मद्दत पुर्‍याउँछ। यस व्यवहारलाई “एन्टिङ (Anting)” भनिन्छ, र यो विभिन्न चराको प्रजातिहरूमा देखिएको छ। यो जनावरहरूको आत्म-चिकित्सा (self-medication) को एक अद्भुत उदाहरण हो। प्रकृतिको मौन बुद्धिमत्ताले हामीलाई सधैं अचम्मित बनाइरहन्छ!
Read More
शिक्षामन्त्रीमा रघुजी पन्त

शिक्षामन्त्रीमा रघुजी पन्त

चितवन प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन्। शिक्षामन्त्री विद्या भट्टराईले दिएको राजीनामा स्वीकृत गर्दै उनले एमालेकै नेता पन्तलाई शिक्षामन्त्रीको जिम्मेवारी दिएका हुन्। शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर शिक्षकहरूको आन्दोलन चलिरहेको  बेला   शिक्षा मन्त्रालयमा सुधारका कार्यसूची बोकेर छिरेकी समाजशास्त्री भट्टराई  आफ्नै सरकार र पार्टी नेतृत्वको असहयोगका कारण निराश भइ राजिनामा दिएकी छिन । प्रधानमन्त्री कार्यालयको पत्रअनुसार राष्ट्रपतिबाट रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन्।  उनलाई बिहीबार शपथ गराउने तयारी छ।  
Read More
विभिन्न ठाऊमा अत्याधिक गर्मी हुने चेतावनी ! कसरी जोगिने ?

विभिन्न ठाऊमा अत्याधिक गर्मी हुने चेतावनी ! कसरी जोगिने ?

चितवन । मौसम पूर्वानुमान महाशाखाले मध्य र पश्चिम तराईमा तापक्रम अझै बढेर अत्यधिक गर्मी हुने चेतावनी दिएको छ । मधेशसँगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिका तराईका धेरै स्थानमा आगामी शुक्रबारसम्म अत्यधिक गर्मीको सम्भावना देखिएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । त्यसमा पनि गण्डकीका नवलपरासी, भैरहवा, कपिलवस्तु, दाङको दक्षिणी क्षेत्र, बाँके र बर्दियामा तातो हावाको लहर चल्न थालेको छ । मधेशसँगै सुदूरपश्चिमका तराईको तापक्रम भने बुधबार ३९ डिग्रीसम्म कायम रह्यो । तर, पूर्वी तराईमा ३५ डिग्रीआसपाससम्म पुगेको थियो । पूर्वी तराईमा भने स–सानो मौसमी प्रणालीका कारण बादल र वेलावेला वर्षा पनि भइरहेकाले तापक्रम बढ्न पाएको छैन । भैरहवाको तापक्रम उच्च कायमै बुधबार पनि सबैभन्दा धेरै तापक्रम भैरहवामा मापन…
Read More
चितवन सेवा समाज नेपालको ११औ साधारण सभा तथा रमाइलो वनभोज कार्यक्रम सम्पन्न

चितवन सेवा समाज नेपालको ११औ साधारण सभा तथा रमाइलो वनभोज कार्यक्रम सम्पन्न

चितवन चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले  ११औ वार्षिक साधारण सभा तथा रमाइलो वनभोज कार्यक्रम भरतपुर महानगरपालिका वडा नं. ११ स्थित नवजागृति वन सामुदायिकमा ५७ जना सदस्यहरुको उपस्थितिमा सम्पन्न गरेको छ । संस्थाका सचिव हरि प्रसाद न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रममा सभाअध्यक्ष संस्थाका अध्यक्ष दिपक गौतम रहनु भएकोमा  प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष लेखराज पन्त ( हरि) रहनु भएको थियो । विशेष उपस्थितिमा  संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारी ,निवर्तमान अध्यक्ष तथा संरक्षक समिर ,खत्री सर्प संरक्षक तथा सामाजिक अभियान्ता यमलाल भण्डारी र भजन गाएक युवा व्यवसायी तथा धार्मीक व्यक्तित्व अर्जुन सापकोटा रहनु भएको थियो…
Read More
वे ग्रुप नेपालको रमाइलो बनभोज कार्यक्रम सम्पन्न

वे ग्रुप नेपालको रमाइलो बनभोज कार्यक्रम सम्पन्न

चितवन वे ग्रुप नेपालले नव जागृति सामुदायिक वनमा  वे ग्रुप नवलपुर र चितवनमा आवद्ध करिव ५७ जना उपस्थित सरसफाइ अभियान्ताहरु माझ  शनिवार वनभोज कार्यक्रम सम्पन्न गरेको छ । वे ग्रुप नेपालले हरेक हप्ता सोमबार विहान ७ देखी ८ वजे सम्म विभिन्न संघ संस्था तथा महानगरपालिकाको समन्वयमा नवलपुर र चितवनका अभियान्ताले विभिन्न सार्वजनिक स्थलहरुमा सरसफाइ को साथै सरसफाइ व्यवस्थापनका कार्यहरु गर्दै आइरहेको छ । बिगत लामो समयदेखि हप्ताको १ दिन अनि १ छिन समाज को लागि भन्दै महान अभियान मा जुटि रहेका सरसफाइ अभियान्ताहरु बर्षको १ दिन आफ्नै लागि समय निकाल्नु पर्छ ,आफ्ना अनगिन्ति कुराहरु लाइ थाति राखेर दुख का पल…
Read More
साउदी र सिंगापुरमा ७ वर्ष रोजगारी गरेका कुमार अहिले गाउँमै दूध बेचेर कमाउँछन् वर्षको ३० लाख

साउदी र सिंगापुरमा ७ वर्ष रोजगारी गरेका कुमार अहिले गाउँमै दूध बेचेर कमाउँछन् वर्षको ३० लाख

बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेकाे १२ वर्ष पुगेको छ। अहिले उनले दूध बिक्री गरेर वार्षिक रु ३० लाख आम्दानी गर्दै आएका छन्। दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने बस्नेत अगुवा कृषकका रूपमा चिनिन्छन्। विसं २०६९ मा तीनवटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन सुरु गरेकाे उनको फर्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन्। छ वर्ष साउदी अरब र ११ महिना सिङ्गापुर बसरे फर्किएका बस्नेतले तीनवर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन गरेका थिए। व्यापारमा मुनाफा नभएपछि त्यतिबेला पसल बेचेर पुनःविदेश जाने सोचसहित जापान जाने योजनासमेत बनाएका थिए। तर, जापान…
Read More
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

  धनुषा/ जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ। त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ। सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ। दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ। महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ। नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा…
Read More
वे ग्रुप चितवन र नवलपरासीद्धारा नारायणी पुलको सरसफाइ

वे ग्रुप चितवन र नवलपरासीद्धारा नारायणी पुलको सरसफाइ

चितवन विगत ९ वर्ष देखि प्रत्येक सोमबारको दिन गरीने चितवन र नवलपुरले सरसफाई अभियान सन्चालन गर्दै आइरहेको "वे ग्रुप नेपाल" को नियमित कार्यक्रम अन्तर्गत  सोमवार महेन्द्र राजमार्ग अन्तरगत चितवन-नवलपुर जोड्ने नारायणी नदीको पुलमाथि सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा भरतपुर महा नगरपालिकाको विशेष तथा उल्लेखनीय सहयोग रहेको थियो ।कार्यक्रममा नेपाल सरकारका बेल्स UK सद्भभाबना दुत NRNA उप महासचिब तथा वे ग्रुपका सक्रिय सदस्य सोम सापकोटाको पहलमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफ़िक प्रहरी,नगर प्रहरी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार भीम खरेल, वडा नम्बर ४ का जनप्रतिनिधि विजय सापकोटा,…
Read More
सुवाष सिलवालले गर्नुभयो अमा डोब्लम हिमालको सफल पर्वतारोहण

सुवाष सिलवालले गर्नुभयो अमा डोब्लम हिमालको सफल पर्वतारोहण

चितवन भरतपुर निवासी सुवाष सिलवालले नेपालको दोश्रो प्राविधिक हिमाल ६८१२ मी.अमा डोब्लमको पर्वतारोहण गर्न सफल हुनु भएको छ । चितवन सेवा समाज अन्तरा्ष्ट्रिय समन्वय समिति नेपालका कार्यसमिति सदस्य तथा सरस्वति युवा क्लब भरतपुरका अध्यक्ष सुवाष सिलवालले करीव २० दिनको कठिन यात्रा पश्यात् नेपालको दोश्री अग्लो हिमाल Ama Doblam को सफल पर्वतारोहण गर्नु भएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.