आज मितिः २०८३ भाद्र ३० गते

विविध

गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काटमाण्डौ - गृह मन्त्रालयले परिपत्रअनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानुन बमोजिम कारबाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरिटो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो । परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचयपत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने’ उल्लेख छ…
Read More
पहिरो खसेपछि काठमाण्डौ-हेटौडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध

पहिरो खसेपछि काठमाण्डौ-हेटौडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध

काठमाण्डौ - धादिङको थाक्रे गाउँपालिका–७ सोपाङखोलामा पहिरो खसेपछि काठमाण्डौ–हेटौडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध भएको छ । बुधबार राति ९ बजेतिर सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको र केही समयमा सडक सञ्चालन हुने धादिङ प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाण्डौ भित्रिने र बाहिरिने गाडीले हेटौँडा– काठमाण्डौ जोड्ने वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।
Read More
चितवनमा क्षत्री समाजको आयोजनामा ‘दर खाने तथा साँस्कृतिक कार्यक्रम’ हुँदै

चितवनमा क्षत्री समाजको आयोजनामा ‘दर खाने तथा साँस्कृतिक कार्यक्रम’ हुँदै

रवि रोषी चितवन - क्षत्री समाज नेपाल, चितवनको आयोजनामा हरितालिका तीजको अवसर पारेर तीज विशेष ‘दर खाने तथा सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ। कार्यक्रम भदौ १३ गते भरतपुर  वडा नं ४ स्थित चितवन फुटमार्टमा हुने आयोजकले जनाएकाे छ । समाजका अध्यक्ष टिकाराम कुँवरका अनुसार कार्यक्रममा छोटो शुभकामना आदान–प्रदानसँगै विभिन्न प्रतियोगितात्मक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रमअन्तर्गत विभिन्न विधामा प्रतियोगिता आयोजना गरी उत्कृष्ट सहभागीलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।प्रतियोगिता तथा पुरस्कारका विधा एकल नृत्य (रेकर्डेड गीत), एकल नृत्य (लाइभ गीत), सामूहिक प्रस्तुति (रेकर्डेड गीत), सामूहिक प्रस्तुति (लाइभ गीत), ४० वर्षमाथिका लागि लाइभ प्रस्तुति, ४० वर्षमुनिका लागि प्रस्तुति रहने समाजका…
Read More
आज साउनको अन्तिम सोमबार शिवालयमा बोलबम मेला

आज साउनको अन्तिम सोमबार शिवालयमा बोलबम मेला

काठमाण्डौं- आज साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ, चितवन तथा तनहूँसहित देशभरका शिवालयमा श्रद्धालुको घुइँचो लाग्ने गर्छ । साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउने तथा बोलबम मेला पनि लाग्छ । देशभर बोलबम तीर्थालुको शिवालयमा घुइँचो हुने गर्दछ । विशेष गरी अन्तिम दिन काठमाडौँको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्न बोलबम श्रद्धालुको घुइँचो लाग्ने गर्छ । काठमाडौँको पशुपतिनाथ, चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थल देवघाटधाम, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वरलगायत मन्दिरमा पूजा गर्ने र बोलबम मेला भर्नेको घुइँचो लाग्ने गर्छ ।
Read More
तुलसीपुर बनगाउँका एक युवक मृत फेला

तुलसीपुर बनगाउँका एक युवक मृत फेला

काठमाण्डौं- तुलसीपुर उपमहानगरपालिका – १० बनगाउँका एक युवक मृत फेला परेका छन् । स्थानीय २८ वर्षीय राजेन्द्र केसी घर नजिकै आफ्नै मोटरसाइकलसहित दुर्घटनामा परेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए । डिएसपी पराजुलीका अनुसार उनी आफ्नै आफ्नै रा ३ ख ५००४ नम्बरको मोटरसाइकल सडक किनारमा खुट्टा च्यापेर लडेको अवस्थामा फेला परेको थियो । ‘छिमेकीको घरको भित्तामा ठोकिएर गेटमा लागेपछि उनी सडक किनारमा पल्टिएको अनुमान छ,’ डिएसपी पराजुलीले भने, ‘हेलमेट पनि नलगाएकाले दुर्घटना गम्भीर भएको देखियो।’ पेट्रोल सकिए पछि पेट्रोल ल्याउन भनेर उनी घर बाट आफ्नै मोटरसाइकल लिएर सुकौरा पुगेर फर्किने क्रममा घर नजिकै…
Read More
रोल्पामा गयो ४.४ म्याग्निच्युडको भूकम्प

रोल्पामा गयो ४.४ म्याग्निच्युडको भूकम्प

काठमाण्डौं- रोल्पाको इरिवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ३ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रोल्पाको इरिवाङ आसपास रहेको थियो। भूकम्प बिहान ३ः०७ बजे रेकर्ड गरिएको केन्द्रले जनाएको छ। हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन।
Read More
इजिप्टमा मध्यस्थकर्ता र हमास नेतृत्वबीच वार्ता

इजिप्टमा मध्यस्थकर्ता र हमास नेतृत्वबीच वार्ता

एजेन्सि- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरू र हमास नेतृत्वबीच बार्ता भएको छ । वार्ताबाट गाजामा हमासलाई चरणबद्ध रूपमा निशस्त्रीकरण गर्ने सहमति भएको राष्ट्रपति ट्रम्पलेदाबी गर्नुभएको छ । यता हमासले यसलाई प्रारम्भिक मस्यौदा मात्रै भएको जनाएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत गाजामा हमाससहित सबै सशस्त्र समूहलाई चरणबद्ध रूपमा पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको दाबी गर्दै यसले दीर्घकालीन शान्ति र सुरक्षाको आधार तयार गर्ने बताउनुभएको छ । यसपछि गाजाको शासन नयाँ प्यालेस्टिनी प्रशासनले सम्हाल्नेछ र इजरायलको सुरक्षा पनि सुनिश्चित हुनेछ । तर हमासनिकट स्रोतका अनुसार सहमतिको मस्यौदामा भारी हतियारहरू प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने उल्लेख रहेको समाचार संस्था रोयटर्सले…
Read More
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन …

माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन …

बैशाख १५ , चितवन । सहकारी सञ्चालकले आफ्नो बचत रकम फिर्ता नदिएकाे भन्दै आज सोमबार सहकारी पीडितहरुले काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरुले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लगाएका छन् । सहकारी सञ्चालकले आफ्नो बचत रकम फिर्ता नदिएकाे भन्दै पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् ।
Read More
जब काग बिरामी हुन्छ… यो किराहरू खोज्न जान्छ।

जब काग बिरामी हुन्छ… यो किराहरू खोज्न जान्छ।

हो, तपाइहरुले ठीक पढ्नुभयो। जब काग अस्वस्थ महसुस गर्छ, त्यो कमिलाको बास भएको ठाउँमा जान्छ र पखेटा फिजाएर शान्त सङ्ग बस्छ र कमिलाहरूलाई आक्रमण गर्न दिन्छ। यसको एउटा विशेष कारण छ: कमिलाहरूले कागको शरीरमा फर्मिक एसिड छर्किन्छन्, जुन प्राकृतिक एन्टिप्यारासाइटिक (परजीवी हटाउने पदार्थ) को रूपमा काम गर्छ। यो एसिडले कागको छाला र पखेटामा भएका फंगल, ब्याक्टेरिया र परजीवीहरू हटाउन सहयोग गर्छ, र औषधिको आवश्यकता बिना नै कागको स्वास्थ्यमा सुधार गर्न मद्दत पुर्‍याउँछ। यस व्यवहारलाई “एन्टिङ (Anting)” भनिन्छ, र यो विभिन्न चराको प्रजातिहरूमा देखिएको छ। यो जनावरहरूको आत्म-चिकित्सा (self-medication) को एक अद्भुत उदाहरण हो। प्रकृतिको मौन बुद्धिमत्ताले हामीलाई सधैं अचम्मित बनाइरहन्छ!
Read More
शिक्षामन्त्रीमा रघुजी पन्त

शिक्षामन्त्रीमा रघुजी पन्त

चितवन प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन्। शिक्षामन्त्री विद्या भट्टराईले दिएको राजीनामा स्वीकृत गर्दै उनले एमालेकै नेता पन्तलाई शिक्षामन्त्रीको जिम्मेवारी दिएका हुन्। शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर शिक्षकहरूको आन्दोलन चलिरहेको  बेला   शिक्षा मन्त्रालयमा सुधारका कार्यसूची बोकेर छिरेकी समाजशास्त्री भट्टराई  आफ्नै सरकार र पार्टी नेतृत्वको असहयोगका कारण निराश भइ राजिनामा दिएकी छिन । प्रधानमन्त्री कार्यालयको पत्रअनुसार राष्ट्रपतिबाट रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन्।  उनलाई बिहीबार शपथ गराउने तयारी छ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.