आज मितिः २०८३ श्रावण १५ गते

इजिप्टमा मध्यस्थकर्ता र हमास नेतृत्वबीच वार्ता

एजेन्सि-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरू र हमास नेतृत्वबीच बार्ता भएको छ । वार्ताबाट गाजामा हमासलाई चरणबद्ध रूपमा निशस्त्रीकरण गर्ने सहमति भएको राष्ट्रपति ट्रम्पलेदाबी गर्नुभएको छ ।

यता हमासले यसलाई प्रारम्भिक मस्यौदा मात्रै भएको जनाएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत गाजामा हमाससहित सबै सशस्त्र समूहलाई चरणबद्ध रूपमा पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको दाबी गर्दै यसले दीर्घकालीन शान्ति र सुरक्षाको आधार तयार गर्ने बताउनुभएको छ ।

यसपछि गाजाको शासन नयाँ प्यालेस्टिनी प्रशासनले सम्हाल्नेछ र इजरायलको सुरक्षा पनि सुनिश्चित हुनेछ । तर हमासनिकट स्रोतका अनुसार सहमतिको मस्यौदामा भारी हतियारहरू प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने उल्लेख रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ती हतियार इजरायललाई हस्तान्तरण गरिने छैनन् । हमास वार्ता टोलीका सदस्य गाजी हमादले पनि इजरायली सेना गाजाबाट नहटेसम्म कुनै पनि निशस्त्रीकरण प्रक्रिया अघि नबढ्ने बताउनुभएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.