गोरखा-
गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट दुर्गाप्रसाद ढकाल आगामी स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रने तयारीमा रहेका छन्।
पूर्व शिक्षकसमेत रहेका ढकाल सामाजिक तथा सामुदायिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उनी डाण्डाँडा टोल विकास संस्थाका अध्यक्ष हुन्। लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका ढकालले स्थानीय समुदायसँग नजिक रहेर विभिन्न सामाजिक गतिविधिमा योगदान पुर्याउँदै आएका छन्।
ढकाल हालैको वडा अधिवेशनमा रास्वपाका निर्विरोध सभापति निर्वाचित भएका छन्। उनको निर्विरोध चयनले सामाजिक क्षेत्रमा उनले प्राप्त गरेको विश्वास र समर्थनलाई प्रतिबिम्बित गरेको स्थानीय स्तरमा चर्चा छ।
आगामी स्थानीय तह निर्वाचनमा वडा नम्बर ५ को रास्वपाका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीसँगै ढकालले आफ्नो सामाजिक अनुभव र समुदायसँगको सम्बन्धलाई राजनीतिक नेतृत्वमा रूपान्तरण गर्ने लक्ष्य राखेका छन्।
स्थानीय विकास, जनताको सेवा र वडाको समग्र विकासलाई प्राथमिकतामा राख्दै अघि बढ्ने उनको चुनावी यात्रालाई स्थानीयवासीले चासोका साथ हेरेका छन्।
उनले यूवाहरुलाई रोजगारीमा लाग्न, बृद्धहरुलाई शान्त र सन्तुष्टिको लागि योगा, नाचगान तथा समाजमा रहेका समस्याको समाधानको लागि सहयोग गर्दै आएका छन् ।