आज मितिः २०८३ कार्तिक १८ गते

चितवन राइनोजलाई ५ विकेटले सुदूरपश्चिम रोयल्सले हरायो

काठमाण्डौं-


सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपीएल०मा चितवन राइनोजमाथि ५ विकेटको सहज जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न ‘डे(नाइट’ खेलमा जितका लागि पाएको १ सय ३० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २० बल बाँकी छँदै १६।४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा ओपनर ब्रान्डन म्याकमुलनले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४३ रन जोडे। उनले मात्र २१ बलमा ६ चौका र २ छक्का प्रहार गरेपछि सुदूरपश्चिमको जितको आधार तय भएको थियो।

त्यसपछि सम्हालिएर खेलेका इशान पाण्डेले २९ बलमा २५ रन जोडे । पाँचौं विकेटका रूपमा पाण्डे आउट भएपछि क्रिजमा आएका आरिफ शेख र शेरफेन रदरफोर्डले टोलीलाई जितसम्म पुर्‍याए। आरिफले अविजित २० रन र रदरफोर्डले १५ बलमा अविजित २१ रनको योगदान दिए।

चितवनका लागि बलिङतर्फ रञ्जित कुमारले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारे भने रिजन ढकाल र मौसम ढकालले १(१ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन मात्र जोड्न सकेको थियो। चितवनका लागि अनुभवी ब्याटर रवि बोपाराले सर्वाधिक ४९ रन बनाएका थिए। ४० बलमा ३ चौका र २ छक्का प्रहार गरेका बोपारा १ रनले अर्धशतकबाट चुकेका थिए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.