काठमाण्डौ –
आज देशका हिमाली तथा पहाडी एकरदुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै लुम्बिनी प्रदेशको तराईका एकरदुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गएराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा छिटपुट वर्षा भएको छ । धेरै ठाउँको मौसम सफा छ ।
बंगालको खाडीमा विकसित ’अर्नब’ चक्रवातको प्रभाव सकिएसँगै हिजोदेखि मौसम खुलेको हो । बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवात विकसित हुने सम्भावना भए पनि यसको असर नेपालमा नपर्ने महाशाखाले जनाएको छ ।