चितवन-
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको १३औँ साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष लाल बहादुर भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष प्रमुख अतिथि लेखराज पन्तका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा संस्थाको वार्षिक गतिविधि, संस्थागत प्रगति तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो। साधारण सभाले संस्थाको उद्देश्यअनुरूप सामाजिक सेवा, आपसी सहयोग, एकता र सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको थियो।
कार्यक्रममा एनआरएनएका प्रबक्ता सोम सापकोटा, संस्थाका पूर्ब संरक्षक समिर केसि, बर्तमान संरक्षक दिपक गौतम, वे ग्रुपका हरि न्यौपाने, बरीष्ठ उपाध्यक्ष आईआर अधिकारी, क्षेत्र प्रसाद देवकोटा, चितवन यूवा समूह कतारका पूर्ब अध्यक्ष भूमीराज कार्की लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमलाई संस्थाका सचिव अर्जुन अधिकारीले सहजीकरण गरेका थिए ।
साधारण सभा पश्चात् आयोजित वनभोज कार्यक्रममा सहभागीहरूबीच आपसी सद्भाव, आत्मीयता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न नाचगान गरिएको थियो।
विभिन्न देशबाट आउनु भएका आजिवन सदस्य पदाधिकारीहरु तथा संस्थाका सदस्यहरूबीच आपसी सम्बन्ध थप सुमधुर बनाउनुका साथै सामाजिक एकता र सहकार्यलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको अध्यक्ष भट्टले बताए।
संस्थाले आगामी दिनमा पनि सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिँदै समाजको हितमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता भट्टले व्यक्त गरे।