आज मितिः २०८३ कार्तिक १७ गते

जर्मनीमा हिंसात्मक झडप, पोर्चुगलमा पनि प्रदर्शन


काठमाण्डौं-

बढ्दो महँगी, आवास संकट, शिक्षा क्षेत्रको कमजोर अवस्था, बेरोजगारी र सार्वजनिक सेवामा सरकारी लगानीको कमीविरुद्ध युरोपका विभिन्न देशमा प्रदर्शन भई रहेको छ ।

फ्रान्सबाट शुरु भएको आन्दोलनको प्रभाव जर्मनी, पोर्चुगल, नेदरल्यान्ड्स, स्पेन र अल्बानियासम्म फैलिएको छ । फ्रान्समा विद्यार्थी र श्रमिक संगठनहरूले भोलिदेखि थप प्रदर्शन र देशव्यापी हडतालका लागि आह्वान गर्ने तयारी गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आन्दोलनको मुख्य केन्द्र फ्रान्सको राजधानी पेरिस बनेको छ । त्यहाँ हिजोसम्म साढे ३ लाखको हाराहारीमा मानिसहरु प्रदर्शनमा सहभागी भएका छन् । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

विद्यार्थीबाट शुरु भएको आन्दोलनमा श्रमिक संगठन, जलवायु अभियन्ता, अभिभावक तथा सरकारको नीतिप्रति असन्तुष्ट नागरिकसमेत सहभागी भएका छन् । धेरैजसो प्रदर्शन शान्तिपूर्ण भए पनि केही शहरमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप, आगजनी, तोडफोड तथा लुटपाटका घटना भएका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.