
एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न
चितवन भरतपुर महानगरपालिका वडा नं. १२ स्थित हाम्रोटोल टोल विकास संस्थाको आयोजनामा अषाढ १२ गते बिहिबार एक दिने "आधारभूत प्राथमिक उपचार तालिम" सम्पन्न भएको छ। टोल विकास संस्थाको हलमा आयोजित उक्त तालिम विहान ११ बजेबाट सुरु भएको थियो। तालिमको अध्यक्षता संस्थाका अध्यक्ष रोहित बहादुर गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा १२ नम्बर वडा अध्यक्ष श्री लेखराज पन्तको उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा भरतपुर महानगरपालिकाको विपद तथा वातावरण व्यवस्थापन महाशाखाका प्रमुख विस्सु राम कुँवर सहभागी हुनु भएको थियो। कार्यक्रममा अन्य अतिथिहरूको रूपमा हाम्रोटोल आमा समूहकी अध्यक्ष गंगा रिजाल, संस्थाका भूतपूर्व अध्यक्ष नारायणदत्त त्रिपाठी हुनुहुन्थ्यो । प्रमुख प्रशिक्षक तथा…