सम्पत्ति छानबिन आयोगले माग्यो १६ थरी व्यक्तिका जायजेथा विवरण
काठमाडौं । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त व्यक्तिहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्ति विवरण पेश गर्न आग्रह गरेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै तोकिएका क्षेत्रका पूर्व तथा वर्तमान पदाधिकारी एवं कर्मचारीहरूलाई ३० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन भनेको हो । आयोगले आर्थिक वर्ष २०४६÷४७ देखि आव २०८२÷८३ को चैत मसान्तसम्मका सार्वजनिक पदधारी उक्त अवधिमा कार्यरत रही हाल अवकाशप्राप्त भएका राजनीतिक पदाधिकारी, कर्मचारी तथा उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्दैछ । को–को हुन् विवरण बुझाउनुपर्ने व्यक्ति पूर्व तथा वर्तमान प्रधानमन्त्री, मन्त्री, सांसद र संविधान सभाका सदस्यहरू । संवैधानिक…