चितवन
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालद्वारा आयोजित दोश्रो खुला तीजगीत प्रतियोगिता मिति २०८२ श्रावण २५ गते जिल्ला सहकारी संघको हलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिपक गौतमले गर्नुभएको थियो भने संयोजन महिला उपाध्यक्ष प्रभा शर्मा पौडेलले गर्नुभएको थियो।
भरतपुर महानगरकी नगर प्रमुख रेनु दाहाल प्रमुख अतिथि रूपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला समन्वय समितिकी उप-प्रमुख कल्पना काफ्ले सापकोटा तथा संस्थापक अध्यक्ष मुक्ती प्रसाद अधिकारी विशिष्ट अतिथि रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यसैगरी, पत्रकार महासंघका अध्यक्ष बसन्त पराजुली, युवा समूह दोहा कतारका अध्यक्ष गणेश थापा, वीरेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक इश्वर चन्द्र पौडेल, रेडक्रस सोसाइटीका विदुर के.सी, कोरिया पुनर्मिलन संस्थाका अध्यक्ष डम्बर राना, तथा महिला सशक्तिकरण अभियान चितवनकी अध्यक्ष संगीता भट्टराइ अतिथि रूपमा सहभागी हुनुहुन्थ्यो।
प्रवासी भावना झल्काउने तीजगीत
प्रतियोगिता प्रवास र प्रवासीको भावनासँग सम्बन्धित विषयमा केन्द्रित थियो।
विभिन्न क्षेत्रबाट १७ समूहले सहभागिता जनाएका थिए, जसले नेपाली तीज संस्कृतिको विविधता र भावनात्मक पक्षलाई उजागर गरे।
विजेता घोषणा
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा सिल्ड प्रदान गरिएको थियो।
विजेता समूहहरू निम्नानुसार रहेका छन्:
• प्रथम स्थान: शान्ति कुञ्ज उद्यमी महिला सहकारी संस्था, रत्ननगर–१२ (रु ३३,०००/-)
• द्वितीय स्थान: धौलागिरी भजन समूह, रत्ननगर–९ (रु २२,०००/-)
• तृतीय स्थान: सीताराम संस्कृत मा.वि, भरतपुर–१ (रु ११,०००/-)
पुरस्कार सौजन्य
• प्रथम पुरस्कार जापानबाट दधिवल खड्काले
• द्वितीय पुरस्कार चितवन समाज इजरायलबाट
• तृतीय पुरस्कार अकुराइ एजुकेशन कन्सल्टेन्सी प्रा.लिले प्रदान गरेका थिए।
समापन
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष दिपक गौतमले समापन मन्तव्य राख्दै सहभागी समूहहरू, अतिथिहरू तथा आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्नुभयो। उक्त प्रतियोगिताले प्रवासी नेपालीहरूको भावना र सांस्कृतिक पहिचानलाई सशक्त रूपमा प्रस्तुत गर्दै सामाजिक एकता र सन्देश प्रवाह गरेको आयोजक समितिले जनाएको छ।
कार्यक्रमलाई संस्थाका महासचिव हरि प्रसाद न्यौपाने र लोक तथा दोहोरी गायिका सीता कँडेलले सञ्चालन गर्नु भएको थियो भने कलाकार तथा पत्रकार रामु आचार्य, प्रतिमा सिलवाल र रुपा पौडेल निर्णायक रहनु भएको थियो।