आज मितिः २०८३ कार्तिक १९ गते

नेपाली कांग्रेस कालिका–६ मा पद हस्तान्तरण कार्यक्रम सम्पन्न



चितवन-


नेपाली कांग्रेस कालिका नगरपालिका–६, चितवनको पद हस्तान्तरण कार्यक्रम आज खोलेसिमलमा सम्पन्न भएको छ।

कार्यक्रममा निवर्तमान सभापति टिकराम रेग्मी नेतृत्वको वडा कार्यसमितिले नवनिर्वाचित सभापति नारायण पुडासैनी नेतृत्वको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो।

टिकराम रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठ प्रमुख अतिथि तथा जिल्ला सभापति राजेश्वर खनाल तथा कालिका नगरका नगर सभापति रमेशजंग थापा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

पद हस्तान्तरण कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।


कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि तथा अतिथिहरुले नवनिर्वाचित सभापति नारायण पुडासैनी नेतृत्वको कार्यसमितिले आगामी दिनमा पार्टीको संगठन विस्तार, कार्यकर्ताको एकता र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको बताए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.