आज मितिः २०८३ कार्तिक २० गते

पोखरालाई हराउँदै लुम्बिनी एनपीएलको शीर्षस्थानमा, आज बिश्राम

काठमाण्डौ –

नेपाल प्रिमियर लिग एनपीएलमा साविक विजेता लुम्बिनी लायन्स अंकतालिकाको शीर्षस्थानमा पुगेको छ ।

हिजो लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले हरायो । जीतसँगै लुम्बिनीको ३ खेलमा ५ अंक भएको छ ।

लुम्बिनीले यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो । शनिवार चितवनसँगको खेल भने वर्षाका कारण रद्ध भएको थियो । दुवै टोलीले समान एकरएक अंक बाँडेका थिए ।

हिजोको खेलमा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेट गुमाएर भेटायो । त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो । त्यस्तै हिजो भएको अर्को खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो ।

एनपीएलमा आज बुधवार बिश्राम दिन रहेको छ । भोली लुम्बिनी लायन्स र जनकपुर बोल्टस् तथा काठमाण्डौ गोर्खाज र विराटनगर किंग्सबीच खेल हुनेछ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.