आज मितिः २०८३ कार्तिक २० गते

चितवनको रत्ननगर नगरपालिकाको उपमेयरमा रास्वपाबाट नारायणी थपलियाको दाबी


चितवन-


आगामी स्थानीय तहको निर्वाचनका लागि रत्ननगर नगरपालिकाको उपमेयर पदमा नारायणी थपलियाले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा अघि सारिएको उम्मेदवार छनोट प्रक्रिया ‘क्यान्डिडेट क्लब’ मार्फत उहाँले उपमेयर पदमा उम्मेदवारीका लागि दाबी पेस गर्नुभएको हो।

समृद्ध रत्ननगर, समृद्ध नेपालु भन्ने मुख्य नारासहित उहाँले स्थानीय स्रोतको उचित प्रयोग र दिगो विकासमा सक्रिय योगदान पुर्याउने, महिलाको सशक्तीकरण र समृद्ध समाज निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ।


साथै, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका लागि सधैँ प्रतिबद्ध रहँदै समावेशी समाज, समृद्ध स्थानीय तह र समृद्ध नेपालका लागि एकजुट अभियान सञ्चालन गर्ने उहाँको एजेन्डा रहेको छ। कृषि, पर्यटन तथा नवप्रवर्तनमा विशेष जोड दिँदै उहाँले आफ्नो क्षेत्रको विकास र महिला सशक्तीकरणका लागि उपमेयर पदमा दाबी गरेको बताउनु भएको छ ।


स्नातकोत्तरसम्म अध्ययन गर्नुभएकी थपलिया रत्ननगर वडा नम्बर १२ की स्थायी बासिन्दा हुन् भने उहाँले हाल मण्टेश्वरी कक्षा संचालन गर्दै आउनु भएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.