काठमाण्डौ –
नेपाल प्रिमियर लिग ९एनपीएल०मा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दैछन् ।
त्रिवि क्रिकेट रंगशालामा आजको पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच हुँदैछ । लुम्बिनी ३ खेलमा २ मा जीत र १ मा नतिजाविहीन हुँदै ५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।
४ खेल खेलेको जनकपुर २ खेलमा जीत र २ खेलमा हारसहित चौथो स्थानमा छ ।
यस्तै आजको दोस्रो खेल बेलुका ५ बजे विराटनगर किङ्ग्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । विराटनगर ४ खेलमा २ जीत र २ मा हारसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।