चितवन,
कार्तिक २६ चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको २०८२–८४ कार्यकालका लागि नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ। अध्यक्ष लाल बहादुर भट्टसहित सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरियो।
कार्यक्रममा २०८०–८२ कार्यकालका पदाधिकारीहरूले आफ्नो कार्यकालको समापन सन्देश दिँदै सल्लाहकार, कार्यालय सचिव, आजीवन सदस्य, राष्ट्रिय समन्वय समितिका देशगत प्रतिनिधिहरू, शाखा समितिहरू तथा देश -विदेशबाट हरेक तरिकाले साथ, सहयोग र मार्गदर्शन गर्ने सम्पूर्ण सहयोगीप्रति हार्दिक धन्यवाद व्यक्त गरे। साथै प्रवाशि बहुउद्देश्यीय सहकारी बचत तथा ऋण सहकारी संस्थाले पनि नयाँ कार्यसमितिलाई स्वागत तथा सम्मान कार्यक्रम राखेको थियो ।
पद हस्तान्तरण कार्यक्रमले संस्थागत निरन्तरता, नेतृत्वको सम्मान र सहकार्यको संस्कृतिलाई अझ सशक्त बनाएको छ। नयाँ कार्यसमितिले सेवा, समर्पण र सामाजिक उत्तरदायित्वका भावनासहित आगामी कार्यकालमा समाजको हितमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।