आज मितिः २०८२ माघ १८ गते

क्यान्सर पीडित मिठु कुमारी लामिछानेलाई आर्थिक सहयोग हस्तान्तरण

 

भरतपुर,

कार्तिक २६  भरतपुर महानगरपालिका २५ शुक्रनगर निवासी क्यान्सर पीडित मिठु कुमारी लामिछानेलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।

चितवन सेवा समाज बहराईनको आयोजनामा  पिडितलाई संकलन गरेको सहयोग रकम अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको समन्वयमा स्तन क्यान्सर पीडित मिठु कुमारी लामिछानेलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका निवर्तमान अध्यक्ष  दिपक गौतम, वर्तमान अध्यक्ष  लाल भट्ट, महासचिव  मित्रलाल पाण्डे, सचिव  अर्जुन अधिकारी, सदस्य काशिराम कंडेल, सदस्य  लिला न्यौपाने, कार्यालय सचिव निरु अधिकारी, चितवन सेवा समाज बहराईनका मानार्थ सदस्य प्रकाश लामिछाने, अध्यक्ष  सुर्य भण्डारी, महासचिव  सुजन घिमीरे तथा भरतपुर महानगरपालिका वडा नं.२५ का वडा अध्यक्ष  छविलाल सापकोटा लगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

महासचिव मित्रलाल पाण्डेले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा चितवन सेवा समाज बहराइनका मानार्थ प्रकाश लामिछाने तथा केन्द्रका निवर्तमान अध्यक्ष दिपक गौतमले विरामीको स्वास्थ्य लाभको कामना गर्दै सहयोगी मनहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो त्यस्तै गरी वडा अध्यक्ष  छविलाल सापकोटाले विदेशमा रहेर पनि मातृभूमिप्रतिको माया र मानवीय सेवामा समर्पित चितवन सेवा समाज बहराईनको कार्यको प्रशंसा गर्दै मिठु कुमारी लामिछानेको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभयो।

सहयोग रकम हस्तान्तरणसँगै कार्यक्रमले सामाजिक एकता, सहानुभूति र सहयोग संस्कृतिको सशक्त सन्देश दिएको छ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.