आज मितिः २०८३ बैशाख ३० गते

नीति तथा कार्यक्रममाथिको छलफलमा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं÷सङ्घीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहले hjfkm नदिने भएका छन्।
संसद् सचिवालयले यसअघि जारी गरेको कार्यसूचीमा प्रधानमन्त्रीले जवाफ दिने उल्लेख भए तापनि अन्तिम समयमा k|wfgdGqLn] उनको सट्टा अर्थमन्त्री डा= स्वर्णिम वाग्लेलाई अगाडि ;f/]sf 5g\ .
अहिले केहीबेरमा बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वाग्लेले सरकारको तर्फबाट सांसदका जिज्ञासाको सम्बोधन गर्ने तय भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू र अर्थमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको तर्फबाट वाग्लेले जवाफ दिने पुष्टि गरेका छन्।
सामान्यतया सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैँले दिने संसदीय परम्परा रहे तापनि बालेनले भने सो जिम्मेवारी अर्थमन्त्रीलाई सुम्पिएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन शाह बीचमै बैठक छाडेर हिँडेका थिए।
संसदीय मर्यादा विपरीतको उक्त कार्यलाई लिएर प्रतिपक्षी दलहरूले संसद्मा सरकारको कडा आलोचना गर्दै जवाफ मागिरहेका छन्।
संसद्को पहिलो अधिवेशनदेखि नै हालसम्म एक शब्द पनि नबोलेका प्रधानमन्त्रीले आजको महत्त्वपूर्ण छलफलमा पनि नबोल्ने निर्णय गरेपछि उनको कार्यशैलीप्रति थप प्रश्न उठेको छ।
आजको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत हुनेछ।
छलफलपछि सांसदहरूबाट प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र आजै नीति तथा कार्यक्रम पारित गर्ने संसद् सचिवालयको तयारी छ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.