आज मितिः २०८३ बैशाख २८ गते

उद्धारकर्मी खड्का सम्मानित

काठमाण्डौ-

उद्धार मीडिया प्रालिकी निर्देशक तथा मार्केटिङ मेनेजर गंगा देवी खड्का सम्मानित हुनु भएको छ । प्रालिको स्थापना कालदेखि नै निर्देशकको भूमिकामा रहदै आउनु भएकी खड्का आईतबार सगरमाथा प्रतिष्ठान नेपालबाट महिला सशक्तीकरण राष्ट्रिय सम्मान २०८२ बाट सम्मानित हुनु भएको हो ।

सामाजिक सेवाको क्षेत्रमा विगत २५ बर्षदेखि निरन्तर क्रियाशिल रहि राष्ट्र र जनताको सेवामा समर्मित उक्त संस्थाले करीब २ दर्जन महिलालाई सम्मानित गर्दै आएको छ ।

पेशागत महिला उद्यमी व्यवसायि, राजनिती, धार्मीक, शैक्षिक,पर्यटन, कृषि, उर्जा बैकिंङ, सहकारी स्वास्थ्य खेलकूद, साँस्कृतिक, कला साहित्य, अग्रज अभियन्ता लगायतलाई देश विदेशसम्मका व्यक्ति बिशेषलाई संस्थाले सम्मानित गर्दै आएको छ ।

खड्काले विभिन्न सामुदायिक विद्यालयमा पोशाक तयार गरी आफ्नै गार्मेन्टबाट सेवा दिँदै आउनु भएको छ । साथै स्थानीय महिलाहरूलाई निःशुल्क सिलाई कटाई तालिम , मेसिन तथा विभिन्न सामुदायिक विद्यालयमा विपन्न बालबालिकाहरुलाई पोशाक वितरण गर्दै आइरहेकोले सन् २०१६ बाट वहाँ घरेलु तथा साना उद्योग ललितपुर जिल्लामा वर्षकै उत्कृष्ट उद्यमी अवार्ड प्राप्त गर्न सफल हुनु भएको थियो।

प्रतिष्ठानका अध्यक्ष नर बहादुर लिम्बुको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा उप सभामुख रुबी कुमारी प्रमुख अतिथि रहनु भएको थियो । संस्थाकी संरक्षक एबं सल्लाहकार लक्ष्मी किशोर श्रेष्ठ विशिष्ट अतिथिको रुपमा हुनुहुन्थ्यो।

कार्यक्रम महासचिव भरत ढकालको संयोजकत्वमा सम्पन्न भएको हो ।

खड्काको उज्वल भविष्यको कामना गर्दै अझ उन्नति प्रगतिको कामना उद्धार मीडिया प्रालि परिवारले गरेको छ भने प्रबन्ध निर्देशक पूर्णिमा थापा लिम्बूले विशेष धन्यवाद व्यक्त गर्नुभयो।

 

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.