आज मितिः २०८३ बैशाख ३१ गते

सुन ३०० र चाँदी ३५ रुपैयाँले बढ्यो

काठमाडौं-

बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ७४५ कायम भएको छ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो। गत मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र चाँदी रु पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.