आज मितिः २०८३ बैशाख ६ गते

वे ग्रुप नेपालद्वारा चितवन सेवा समाज नेपाललाई डस्टबिन हस्तान्तरण, सरसफाई अभियानमा थप योगदान

चितवन, भदौ २३

‘हप्ताको एक दिन, एक छिन समाजको लागि’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै नियमित सोमबारको श्रृङ्खलामा वे ग्रुप नेपालले भरतपुर वडा नं. १२ स्थित चितवन सेवा समाज नेपाललाई १० थान (२० पिस) डस्टबिन हस्तान्तरण गरेको छ।

विगत १० वर्षदेखि निरन्तर सामाजिक योगदान तथा सरसफाई अभियानमा सक्रिय वे ग्रुप नेपालले विभिन्न टोल, वडा तथा महानगरसँग समन्वय गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यहरू गर्दै आएको छ। यसै क्रममा चितवन सेवा समाज नेपाललाई डस्टबिन हस्तान्तरण गरियो, जसले विदेशमा अलपत्र अवस्थामा रहेका तथा आर्थिक अभावका कारण शव नेपाल ल्याउन नसकिएका चितवनबासीहरूलाई सहयोग पुर्‍याउने कार्यमा विशेष योगदान दिँदै आएको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. १२ का अध्यक्ष लेखराज पन्त तथा सभाध्यक्ष वे ग्रुप नेपालका अध्यक्ष दीपक गौतमले डस्टबिनहरू चितवन सेवा समाज नेपालका दितिय उपाध्यक्ष इश्वर राज अधिकारीलाई हस्तान्तरण गरे। अधिकारीले तीमध्ये २ थान पोख्रेली टोल विकास संस्थाका अध्यक्ष शोभा घिमिरे तथा आमा समूहकी अध्यक्ष शोभा पण्डितलाई कार्यक्रम स्थलमै हस्तान्तरण गरे। बाँकी डस्टबिनहरू आवश्यक स्थानमा राखिने जानकारी दिइयो।

कार्यक्रम सञ्चालन वे ग्रुप नेपालका सचिव शालिकराम आचार्यले गर्नु भएको थियो भने उपाध्यक्ष हरी प्रसाद न्यौपानेले संस्थाको कार्यक्रम बारे जानकारी गराउनु भयो। चितवन सेवा समाजको तर्फबाट संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारी तथा प्रवक्ता मित्रलाल पाण्डे उपस्थित हुनुभएको थियो। साथै वडा नं. १२ की वडा सदस्य जमुना ढुङ्गाना, वडा नं. ४ का जनप्रतिनिधि विजय सापकोटा, वे ग्रुप नेपालका संस्थापक अध्यक्ष भोजनारायण कँडेल तथा विरेन्द्र क्याम्पसका उपप्राध्यापक इश्वर चन्द्र पौडेलको विशेष उपस्थिति रहेको थियो।

प्रमुख अतिथि लेखराज पन्तले वे ग्रुप नेपालले सामाजिक क्षेत्रमा वडा कार्यालयसँग समन्वय गरी अघि बढेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आर्थिक तथा संस्थागत सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनु भयो।

कार्यक्रमको समापनमा वे ग्रुप नेपालका अध्यक्ष दीपक गौतमले भरतपुर महानगरपालिका वडा नं. १२ तथा पोख्रेली टोल विकास संस्थाले सरसफाई अभियानमा सक्रिय सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.