आज मितिः २०८३ बैशाख ६ गते

नक्शालको पाँचतारे हिल्टन होटल क्षतिग्रस्त

 

नक्शालको पाँचतारे हिल्टन होटल क्षतिग्रस्त

 

२५ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा आगजनी भएको नक्शालको पाँचतारे हिल्टन होटल पनि क्षतिग्रस्त भएको छ ।

 

८ अर्ब भन्दा बढी लगानी गरेर २०८१ साल साउन १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हिल्टन होटलले एक वर्षमै क्षति व्यहोर्नु परेको छ ।

 

 

मंगलबार केही प्रदर्शनकारी होटलमा प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । आगो लागेपछि धुँवाले होटलको माथिल्लो तलासम्मै कालो भएको छ । झ्यालका सिसाहरु फुटेका छन् । फर्निचर सहित सजावटका सामग्री सबै ध्वस्त भएका छन् । आगोमा जलेका केही फर्निचरहरु अहिले पनि सडकमा थुप्रिएको देखिन्छ ।

 

 

हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ । उसले विभिन्न ब्रान्डमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ । संसारभर ६ हजार २ सयभन्दा बढी होटल तथा रिसोर्ट रहेको यो ग्रुपको ‘हिल्टन’ सबैभन्दा चर्चित प्रिमियम ब्रान्ड हो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.