आज मितिः २०८३ बैशाख ६ गते

जेन-जी आन्दोलनमा घुसपैठ भएको भन्दै सुरक्षित रुपमा फर्कन आह्वान

काठमाडौं-

जेनजी आन्दोलनले घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको छ। सोमबार बानेश्वरमा जारी प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको हो।

 

 

प्रदर्शन बारे अपडेट दिइरहेको जेन डट जेटनेपालमा नामको इन्स्टाग्राम अकाउन्टमा सूचना जारी गरी प्रदर्शनमा सहभागी सबैलाई सुरक्षित रुपमा फर्किन भनिएको छ।

 

बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएका युवाहरू ११ बजेपछि बानेश्वर पुगेका थिए। बानेश्वरमा पुगेपछि प्रदर्शन उग्र बनेको थियो। युवाहरुले प्रहरीको ब्यरिकेड तोडेर बानेश्वरस्थित संसद भवन परिसरमा प्रवेश गरेका थिए। त्यहाँ रहेका सुरक्षाकर्मीहरूले उनीहरूलाई बाहिर निकालेका थिए। प्रदर्शन नियन्त्रण लिन प्रहरीले रबरको गोली चलाएको थियो। प्रहरी र जेनजी पुस्ताका केही युवाहरू पनि घाइते भएका छन्।

 

अहिले प्रशासनले काठमाडौँको बानेश्वरसहित, सिंहदरबार, बालुवाटार, शित्तलनिवास क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.