काठमाण्डौ –
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको संविधान र कानुन नमानेका कारण सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गर्नुपरेको प्रस्टीकरण दिएका छन् । शुक्रबार पत्रकारमाझ गुरुङले दर्ताविहीन सामाजिक सञ्जाल कम्पनीका प्रतिनिधिसँग नेपाल सरकाले पटक(पटक कूटनीतिक माध्यमबाट कुराकानी गरे पनि उनीहरूले अटेरी गरेको बताए ।
ती कम्पनीहरूले नेपालको संविधान, कानुन नमान्ने मात्रै भनेनन्, नेपाल सरकाले सामाजिक सञ्जाल व्यवस्थित गर्ने प्रयासअनुरूप बनाएको कानुनको बदख्वाइँ समेत गरे । उनले यसअघि धेरैपल्ट मन्त्रालय तहबाट सूचना जारी गरिए पनि दर्ताविहीन कम्पनीहरूले त्यसको अवज्ञा गरेको बताए । ुकरिब २४(२५ वटा सामाजिक सञ्जाल कम्पनीहरू छन् । मेटा त ठूलो हो । अरू साना पनि छन् । तिनलाई कति पटक भन्ने हो रु,ु गुरुङले भने, ुत्यसमाथि दर्ता गर्दा एक पैसा लाग्दैन । तिनले सूचीकरण गर्दा नेपालमा सम्पर्क मान्छे राख्नुपर्छ, स्वनियममा बस्नुपर्छ भनेर दर्ता नभएका हुन् भन्ने लाग्छ ।
अब दर्ता नभएका सबै सामाजिक सञ्जाल निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको गुरुङले जानकारी दिए । उनका अनुसार, दर्ता हुनेबित्तिकै तिनलाई सक्रिय बनाउन प्राधिकरणलाई भनिसकिएको छ ।
भदौ ९ को मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार मन्त्रालयले १२ भदौमा सूचना निकाल्दै नेपालमा सञ्चालन भएका तर सूचीकरण हुन बाँकी सबै सामाजिक सञ्जाल कम्पनीलाई दर्ताका लागि अन्तिम पटक भन्दै ७ दिनको समय अवधि दिएको थियो । तर, हालसम्म कुनै पनि कम्पनी दर्ताका लागि नआएपछि सरकारले दर्ताविहीन सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।