चितवन
२०८२ कार्तिक १७ गते, प्रभात दिदीबहिनी साकोसको आयोजनामा तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा साकोसको सभाहलमा एकदिने व्यवसायिक विकास कार्यक्रम सम्पन्न भएको छ। सम्भावित उद्यम छनौट कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा साकोसका संचालक समिति, सदस्यज्यूहरू तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम साकोसकी उपाध्यक्ष पुष्पा पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सचिव मञ्जु रेग्मीले गर्नु भएको थियो भने सहजीकरणको भूमिका राधा पौडेलले निर्वाह गर्नुभएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य साना उद्यमहरूलाई उद्योगमा रूपान्तरण गर्ने प्रक्रिया र उद्योग स्थापनाका लागि आवश्यक सरल लगानीका उपायहरूबारे जानकारी दिनु रहेको थियो। विशेषत महिला उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित यस कार्यक्रममा २५ जना महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले सहभागीहरूलाई व्यवसायिक सोच विकास गर्न, सम्भावित उद्यमको पहिचान गर्न तथा व्यावसायिक योजना निर्माणमा मार्गदर्शन प्रदान गरेको आयोजकले जानकारी दिएका छन्।