कविता –
बन्छु म समुन्द्र
आहा !
स्वच्छ गगनको क्षितिजमा
सूर्योदयको निस्वार्थ आगमन
गर्दै छु स्वागत
नियाल्दै छु यो शान्त समुन्द्रको
अपार गहिंराई !
उन्माद छन
शरिरका यि शिरा र धमनीहरू
हर्षोल्लासका झण्डा फहराई !
फिँजाई केशका लहरा
प्रफूल्ल मन , स्वर्गको आभाष
शितलताको अनुभूति
मन्द हावाको वेगमा स्पर्ष गर्दै
लठ्ठिएछु म
यतै कतै माझ !
टक्क उभिएर किनारमा
हुन्छु एकाग्र जव
भुल्छु विगतका
तिता पलहरू सबैसबै र
एउटा सार्थक उज्यालो भविष्यको
कामना संगसंगै जिउन एथार्थमा
खोज्दै छु म सिँगो आँट !
अनन्त अमर ईतिहासको
बोकेर परिचय
दिघो दृढ ,शाहस अठोट
आत्मा सम्मान स्वालम्बी अनि
स्वाभिमानी
भृकुटी सिता बुद्ध र राम जस्तै
बन्नु छ त्यागेर चञ्चलतालाई !
अटल शान्त ,शिथिल,
स्वभएमान र निर्मलताको
प्रतिक मानिने समुन्द्र
तिमी जस्तै बन्नु छ मलाई .. .
शुचिता काफ्ले
काठमाण्डौ